२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रतिनिधिसभा: सांसदले उठाए सडक स्तरोन्नतिको विषय



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले देशभरका विभिन्न क्षेत्रका सडक जीर्ण रहेको उल्लेख गर्दै स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकको शून्य समयमा सांसद अनिसा नेपालीले दाङ देउखुरीको सडक खुलेको दशैँको वितिसक्दा पनि हाल जीर्ण अवस्थामा रहेकाले स्तरोन्नति गर्नका लागि माग गर्नुभयो । सांसद अम्मरबहादुर थापाले कर्णाली राजमार्ग साँघुरो भएका कारण दुर्घटना बढेको बताउँदै दुईतर्फी सवारीसाधन चलाउन मिल्ने गरी निर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो ।

सांसद ईश्वरी घर्तीले रोल्पामा पर्यटन र अन्य विकासभन्दा सबैभन्दा पहिला सुरक्षित सडक निर्माणको आवश्यकता आँैल्याउनुभयो । सांसद छिरिङ डम्डुल लामा ९भोटे० ले पनि जीर्ण सडकको मर्मत तथा स्तरोन्तिका लागि आग्रह गर्नुभयो । सांसद अच्युतप्रसाद मैनालीले देशभरिका पुलको अवस्था कमजोर रहेकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै समयमै मर्मतका लागि आग्रह गर्नुभयो ।

सांसद डा अमरेशकुमार सिंहले देशको विभिन्न भागमा आत्महत्या गर्ने क्रम बढिरहेको सन्दर्भमा उच्चस्तरीय न्यायिक समिति गठन गरी सो नदोहोरिने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद अम्बिका बस्नेतले गएराति काठमाडौँ वडा नं ६ मा आगलागीका कारण करोडाँैको क्षति भएको जानकारी गराउँदै उचित क्षतिपूर्ति र राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद अमृतलाल राजवंशीले सुकुम्बासीको समस्या गम्भीर हुँदै गएको सन्दर्भमा भूमि आयोगको काम प्रभावकारी रुपमा अघि बढाउन माग गर्नुभयो । सांसद अमृतादेवी अग्रहरिले संसद्लाई राष्ट्र समृद्धिको चिन्तन गर्नुपर्ने थलोका रुपमा विकास गर्नुपर्ने उल्लेख गर्नुभयो ।

सांसद अर्जुननरसिंह केसीले देशमा भ्रष्टाचारको कहालीलाग्दो अवस्था देखिएको बताउँदै ठेक्कापट्टामा देखिएको सिन्डिकेटलाई हटाउन माग गर्नुभयो । सांसद अशोककुमार चौधरीले इटहरी अस्पतामा सम्बन्धित विज्ञ चिकित्सकको कमी भएकाले जनताले उपचारमा दुःख पाइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद इश्वरबहादुर रिजालले दोलखामा बाँदरको आतङ्कले कृषिमा आत्मनिर्भर हुन अग्रसर किसान उठिबासको अवस्था पुगेको जानकारी गराउँनुभयो । उहाँले तत्काल सो समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गरानुभयो । सांसद डा चन्द्रकान्त भण्डारीले गुल्मीमा बाँदरले बालीनाली नष्ट गरेर किसानलाई दुःख दिइरहेको जानकारी गराउँदै समाधानका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद ईश्वरीदेवी न्यौपानेले पछिल्लो समय आत्महत्या गर्ने क्रम बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै रोकथाम गर्नका लागि सरकारसँग आग्रह गर्नुभयो ।

सांसदद्वय उर्मिला माझी र एकनाथ ढकालले सङ्क्रमणकालीन न्यायलाई छिट्टो निष्कर्षमा पु¥याउन माग गर्दै उक्त विषय उच्च प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद ऐनबहादुर शाही ठकुरीले मुगुमा बाढीपहिरोका कारण भौतिक संरचना र मानवीय क्षति भएको जानकारी गराउँदै पीडितलाई राहत र क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले पीडितको अवस्था दयनीय भएकोे र त्यहाँ बिजुली, सडक, पुल, खानेपानीको अभाव भएको जानकारी गराउनुभयो । सांसद कान्तिका सेजुवालले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक र कर्मचारीका लागि आर्थिक अभावका कारण आवासको व्यवस्था हुन नसकेको जानकारी गराउनुभयो ।

सांसद गगन थापाले बैंकको ऋर्णले थिचिएका साना किसानलाई नियमअनुसार पाउने अनुदान र सहुलियत तत्काल उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । सांसद चन्द्रबहादुर विश्वकर्माले रुकुम पश्चिममा ठेक्का भएको पुल समयमै निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद जीवन परियारले यती एयरको विमान दुर्घटनाको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गर्नुभयो । रासस