२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पदीय जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्नेछु: नवनिर्वाचित उपसभामुख रानामगर



अ+ अ-

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले आफूले पाएको पदीय जिम्मेवारी इमान्दारिताका साथ निभाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

उपसभामुखमा निर्वाचित भएलगत्तै उहाँले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिनु भएको हो । विपक्ष दलका सांसदहरुले समेत उठाएका उस्यूहरुलाई सभामुखसँग सहकार्य गरेर सम्बोधन गर्न आफ्नो इमान्दार प्रयास रहने बताउनु भएको हो ।

उपसभामुख रानामगरले संविधानले दिएको अधिकार भित्र रहेर संसदको कामलाई अझ बढि प्रभावकारी, मर्यादित र सुसंस्कृत बनाउन आफूले पहल गर्ने पनि बताउनु भयो । नेपाली जनताको हक, अधिकारीलाई निडर र अविचलित भएर स्थापित गराउन आफूले काम गर्ने उहाँको भनाई थियो । उपसभामुख रानामगरले भन्नु भयो, ‘नेपालको संविधानले व्यवस्था गरेको भूमिकालाई म इमान्दारिताका साथ निभाउने छु । गठबन्धनदेखि लिएर विपक्ष पार्टीका सम्पूर्ण माननीयज्यूहरुलाई उठाएका इस्यूलाई एकदम इमान्दारिताका साथ तटस्थ भएर सम्माननीय समामुखज्यूसँग सहकार्य गरेर उहाँलाई सहजीकरण गर्ने र अझ प्रभावकारी र मर्र्यादित र सुसंस्कृत गर्ने काम हुन्छ । उपसभामुखले धेरै काम गर्नुपर्ने जस्तो लागेको छ । आम जनताको हक, अधिकारलाई निडर र अविचलित भएर मैले कार्य गर्नेछु । तटस्थ र इमान्दारिताका साथ सबैको पक्षमा बोल्नेछु ।’

उपसभामुख मगरले आफू ठूलो परिवारमा आएको उल्लेख गर्दै त्यसको गरिमालाई कायम राख्दै अघि बढने समेत बताउनु भयो ।