२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रतिनिधिसभा बैठक: सभामुखको निर्वाचनका लागि बेग्लाबेग्लै दुई प्रस्ताव प्रस्तुत



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा आजको बैठकमा सभामुख पदको निर्वाचनका लागि बेग्लाबेग्लै दुई प्रस्ताव प्रस्तुत गरिएको छ ।

बैठकमा नेकपा (एमाले)का सांसद सुवास नेम्वाङले सत्तागठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो ।

सांसद नेम्वाङले निष्पक्ष ‘रेफ्री’का रुपमा भूमिका सक्नुहुन्छ भन्ने विश्वासका साथ सत्ता गठबन्धनका तर्फबाट घिमिरेलाई सभामुख पदको उम्मेदवार बनाएको बताउनुभयो । सो प्रस्तावमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हीतराज पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वजतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले समर्थन जनाउनुभएको थियो ।

यस्तै बैठकमा विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ईश्वरीदेवी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो । सांसद शर्माले पार्टीका संस्थापक नेता बिपी कोइरालाका अनुयायी न्यौपानेलाई सक्षय, योग्य र अनुभवका आधारमा सभामुख पदको उम्मेदवार बनाएको बताउनुभयो । उहाँले शक्ति सन्तुलनका दृष्टिले पनि संसद्को सबैभन्दा ठूलो दल कांग्रेसका उम्मेदवार न्यौपानेलाई मतदान गर्न सबैलाई आग्रह गर्नुभयो ।

सांसद शर्माको प्रस्तावमा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वालाले समर्थन जनाउनुभएको थियो । दुवै प्रस्तावमाथि केहीबेरमा मतदान प्रक्रिया अघि बढाई सभामुख चयन गरिनेछ । रासस