२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

हत्या अभियोग लागेका सांसद्‍ले सभामुखलाई मतदान गर्न पाउनुहुन्न– रामहरि खतिवडा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या अभियोग लागेका सांसदले सभामुख निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले हत्या अभियोग लागेका सांसद लक्ष्मी महतो कोइरीले सभामुखको निर्वाचनमा मतदान गर्न नपाउने व्यवस्था गरेर मात्रै संसद्को थप कारबाही अगाडि बढाउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो, “अहिले सभामुखको निर्वाचन हुँदैछ । आज सभामुखको निर्वाचन हुने बेलामा हत्या अभियोग लागेका सांसद्हरु पनि यहीँभित्र छन् भन्ने सुनिन आएको छ । म गृहमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु हामी चिन्दैनौँ उहाँलाई । यदि उपस्थित हुनुहुन्छ भने उहाँलाई मतदान प्रक्रियामा भाग लिन पाउने÷नपाउने निर्क्योल गरेर मात्रै सभा सञ्चालन गरियोस् भन्ने माग गर्न चाहन्छ ।”

त्यसपछि सभामुखको भूमिका निर्वाह गर्नुभएका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले नेकपा ९एमाले० का सांसद सुवास नेम्वाङलाई देवराज घिमिरेलाई सभामुख बनाइयोस् भन्ने प्रस्तावको पक्षमा बोल्न समय दिनुभयो ।

आज सभामुख चयनका लागि कार्यतालिका रहेको छ ।

मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालतबाट कोइरीलाई थुनामा राख्न आदेश सुनाइएको थियो ।

हत्या अभियोगमा फरार रहेका सांसद कोइरीले प्रहरीको फरार सूचीमै रहेको बेला महोत्तरी–१ बाट गत पुस ७ गते प्रतिनिधिसभा सदस्यको सपथ लिनुभएको थियो । उहाँ अहिले पनि निर्बाध संसद् आउजाउ गरिरहनुभएको छ ।