२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

स्वास्थ्य मन्त्रालय रास्वपाले पाउने, खेलकुदमा माओवादीको दाबी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीनवटा मन्त्रालय पाउने भएको छ । रास्वपाबाट पार्टी अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्री बनिसक्नुभएको छ । अब रास्वपाको भागमा दुई मन्त्रालय परेको बताइएको छ ।

बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्रालय भागबन्डा करिब टुंगिएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले ओलीसँगको भेटपछि आजै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको थियो ।

सहमति अनुसार ८ सांसद बराबर एक मन्त्री हुनेछन् । रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउने पक्का भएको समाचार छ । युवा तथा खेलकुद मन्त्रालय रास्वपाले पाउने कुरा भए पनि नेकपा (माओवादी केन्द्र) ले पनि सो मन्त्रालयमा दाबी गरिरहेको छ ।

सुरुमा रास्वपाले गृह, शिक्षा, स्वास्थ्य र पर्यटन मन्त्रालय पाउनुपर्ने अडान राखेको थियो । शीर्ष नेताहरु तीन मन्त्री र एक राज्यमन्त्री निद सहमत भएका थिए । तर सरकारमा सहभागी हुने दलहरु बढेपछि रास्वपाको एक राज्यमन्त्री घटेको छ ।