१२ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

देउवालाई ओलीको प्रश्न– ‘गुरुजी, आफूले कतिपल्ट संसद् विघटन गर्नुभो ?’



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको विषयमा कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले उठाएको विषयमा जवाफ फर्काएका छन् ।

मंगलबार प्रतिनिधि सभामा बोल्दै अध्यक्ष ओलीले भने ‘२०१५ सालमा संसद् बन्यो, २०१७ सालमा विघटन भयो। त्यसको विघटन गर्ने राजा महेन्द्र हुन्। म होइन। २०४८ सालमा निर्वाचन भयो ।०५१ सालमा विघटन भएर मध्यावधिमा जाने नेपाली कांग्रेस हो । म होइन ।,’

ओलीले देउवालाई संकेत गर्दै भने, ‘गुरुजी, कतिपल्ट संसद् विघटन भयो ? कतिपल्ट के भयो ? माननीय शेर बहादुरजीले ०५८ साल असारमा संसद विघटन गरेर मध्यावधी गएको होइन । म मेरा मित्रलाई सोध्न चाहान्छु, यहाँले होइन संसद विघटन गर्‍या होइन ? अरुले विरोध गरेको भए पनि मैले त्यतिबेला समर्थन गरेको थिएँ ।’

कांग्रेसले प्रतिनिधि सभा विघटन गरेको स्मरण गर्दै आफूले गरेको संसद् विघटन पनि सही नै भएको ओलीको दाबी छ ।