१० मंसिर २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सगरमाथा क्षेत्रमा अमेरिकी राजदूतको अनुभूति



अ+ अ-

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले सगरमाथाको सुन्दर दृश्यावलोकनको अनुभव आफ्नो परिवारसँग साझा गर्न पाउनु अविश्वसनीय भएको बताउनुभएको छ ।

सगरमाथा क्षेत्र अवलोकन गरेको दृश्य फेसबुकमार्फत साझा गर्दै उहाँले भन्नुभएको छ, “सगरमाथाको यो सुन्दर दृश्य र हिउँले ढाकिएको चुचुराहरूमा जलवायु परिवर्तनको प्रभावबारे सुनेको कुराहरू बारे अझै पनि सोच्दै छु ।”

उहाँले यस्तो अनुभवले हामीलाई जलवायु परिवर्तन विरुद्ध लड्न र भविष्यका पुस्ताहरुका लागि यसको संरक्षण गर्ने आवश्यक्ताको महत्त्वको सम्झना पनि गराएको बताउनुभएको छ ।

“सगरमाथाको यो सुन्दर दृश्य र हिउँले ढाकिएको चुचुराहरूमा जलवायु परिवर्तनको प्रभाव बारे सुनेको कुराहरू बारे अझैं पनि सोच्दै छु।
मेरो परिवारसँग यो अनुभव साझा गर्न पाउनु अविश्वसनीय थियो। यो अनुभवले हामीलाई जलवायु परिवर्तन विरुद्ध लड्न र भविष्यका पुस्ताहरूका लागि यसको संरक्षण गर्ने आवश्यकताको महत्त्वको सम्झना पनि गराएको छ।”