२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अनधिकृत बोर्ड हटाउँदा लगाइने जरिवाना नगर सभामा प्रस्तावका रुपमा लैजाने



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र अनधिकृत राखिएका बोर्ड हटाउँदा लाग्ने जरिवाना रकम तोक्न राजस्व परामर्श समितिले नगर सभामा प्रस्ताव लैजाने निर्णय भएको छ ।

आज उपप्रमुख एवं समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । व्यवसायीले स्वीकृति नलिई वा मापदण्ड विपरीत राखेका परिचय पाटी महानगरपालिकाको टोलीले हटाउँदा लाग्ने जरिवाना रकम कम्तीमा ५ सय रुपैयाँ र अधिकतम ३ हजार रुपैयाँ हुने निर्णयमा उल्लेख छ ।

जरिवाना तोक्दा स्थान र सामान तथा उपकरणको प्रयोगलाई आधार बनाइएको छ । भुइँ तला र पहिलो तलामा राखिएका साधारण प्रकृतिका परिचय पाटीलाई एउटा शुल्क तोकिएको छ । यिनै ठाउँमा वेल्डिङ् मेसिन तथा अन्य विद्युतीय उपकरण प्रयोग गरेर पाटी हटाउनु परेमा अर्को प्रकारको शुल्क लाग्नेछ ।
दोस्रो तलाभन्दा माथि राखिएका सामान्य परिचय पाटी र त्यही ठाउँमा वेल्डिङ् मेसिन वा अन्य विद्युतीय साधनको उपयोग गर्नु पर्ने भएमा छुट्टाछुट्टै जरिवाना शिफारिस हुने निर्णय भएको हो ।

बैठकमा राजस्व विभागका प्रमुख एवं समितिका सदस्य सचिव डा. शिवराज अधिकारीले राजस्व संकलनको प्रगति प्रस्तुत गर्दै गएको बर्ष पुस १५ गते सम्ममा ३ अर्ब ६९ करोड रुपैयाँ जम्मा भएकोमा यो बर्ष अङ्क बढेर ४ अर्व ३४ करोड रुपैयाँ पुगेको जानकारी दिनुभयो ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीसहित समितिका सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।