१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

तनाव लिनु पनि फाइदाजनकः अध्ययन



अ+ अ-

एजेन्सी । व्यस्त जीवनमा दैनिक सानो तनाव लिनु राम्रो हो । यसले दिमागलाई जवान राख्छ र बुढेसकाललाई राम्रो तरिकाले पार गर्न मद्दत गर्दछ । हालै गरिएको एक अनुसन्धानमा यो कुरा बाहिर आएको हो ।

यसअघि सन् १९९० को दशकमा यस प्रकारको तनावलाई स्वास्थ्यका लागि हानिकारक मानिन्थ्यो तर पहिलोपटक न्युयोर्कको रकफेलर विश्वविद्यालयका अनुसन्धानकर्ता फिरदाउस ढभर नामक अमेरिकी मनोचिकित्सकले यस सम्बन्धमा अध्ययन गरेका थिए ।

सानो तनावले प्रतिरक्षा बढाउँछ
सानो तनावले हाम्रो प्रतिरक्षा प्रणालीमा सकारात्मक प्रभाव पार्छ । आधुनिक संसारमा सानो तनाव धेरै महत्त्वपूर्ण छ । उदाहरणका लागि, एथलीटलाई आगामी दौडको बारेमा केही तनाव हुन सक्छ । यसले मुटु र मांसपेशीलाई बलियो बनाउँछ र कार्यसम्पादनमा सुधार गर्छ ।

हल्का शारीरिक र मानसिक तनावले रगतमा इन्टरल्युकिन नामक रसायन उत्पादन गर्छ । जसले प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउँछ । यसले संक्रमणसँग लड्न मद्दत गर्छ ।

व्यायामले मस्तिष्कको उमेर ४ वर्ष घटाउँछ
मस्तिष्कको आकार ४० वर्षको उमेर पछि एक दशकमा लगभग ५ प्रतिशतको दरले घट्छ गिरावटको दर ७० वर्ष पछि बढ्छ । नियमित व्यायाम गर्ने यस्ता वृद्धवृद्धामा मस्तिष्कको यो संकुचन ४ वर्षसम्म कम हुन्छ ।