२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

‘हामी प्रत्येक १५ मिनेटमा एक पटक फोन हेर्छौँ’



सांकेतिक तस्बिर
अ+ अ-

एजेन्सी । चाहे त्यो ‘ह्वाट्सएप’ समूहबाट आएको सन्देश होस् वा ‘फेसबुक’को नोटिफिकेसन । सामाजिक सञ्जाल वा फोनमा रहेका अन्य एपहरूबाट आउने सूचनाहरूले हरेक केही मिनेटमा तपाईंको ध्यान विचलित गर्छ । विज्ञहरू भन्छन् कि फोन साइलेन्ट मोडमा होस् वा नहोस् तपाइँलाई यसले आफ्नो कामबाट विचलित बनाउँछ ।

एक अनुमान अनुसार, हामी औसतमा हाम्रो फोन एक दिनमा ८५ पटक जाँच गर्छौं । यसको मतलब प्रत्येक १५ मिनेटमा एक पटक । अर्थात्, हरेक १५ मिनेटमा हाम्रो दिमाग कामबाट फोनमा मोडिन्छ । त्यसमा हाम्रो ध्यान सजिलै हराउँछ, तर यसलाई फिर्ता पाउन धेरै गाह्रो हुन्छ । हामी टिभी हेर्दैछौं भने ठीक छ, तर पढाइ, काम र परिवारसँग समय बिताउँदा यस्तो हुनु ठीक होइन ।

अष्ट्रेलियाको डेकिन युनिभर्सिटीका मनोविज्ञानका वरिष्ठ लेक्चरर शेरोन होरवुड भन्छन् – फोनमा हुने नोटिफिकेसन बारम्बार बज्दा हाम्रो ध्यान दुई तरिकाले विचलित हुन्छ । पहिलोलाई ‘एक्सोजेनस इन्टरप्शन’ भनिन्छ भने दोस्रोलाई ‘एन्डोजेनस इन्टरप्शन’ भनिन्छ ।

एक्सोजेनस इन्टरप्शन भनेको फोनमा सूचना आउँदाको अवस्था हो । यसले हामीलाई उत्साहित बनाउँछ । यो उत्साह र आनन्द जुवा खेल्दा मानिसहरूले पाउने जस्तै हो । जसले गर्दा उनीहरुलाई त्यो कुराको लत लाग्छ ।

एन्डोजेनस इन्टरप्शनमा तपाईं भित्रबाट फोन जाँच गर्न चाहनुहुन्छ । अर्थात् सूचना नआए पनि तपाईको ध्यान कामबाट हटेर फोनतिर जान्छ । यसले तपाईंलाई अनावश्यक रूपमा विचलित बनाउँछ ।

प्रोफेसर होरवुडका अनुसार बारम्बार फोन चेक गर्दा मानिसमा तनाव बढ्दै गएको छ । सूचनाहरूको जवाफ नदिएर मानिसहरू विचलित हुन्छन् । तिनीहरूमा उत्पादकता र फोकसको कमी आउँछ । एक पटक विचलित भएपछि, काममा ध्यान केन्द्रित हुँदैन, त्यसपछि अपराध र निराशापन पैदा हुन्छ ।

बारम्बार फोन चेक गर्नबाट कसरी बच्ने ?
१. ती एपहरू बन्द गर्नुहोस् जसको सूचनाहरू उपयोगी छैनन् ।
२. राति फोन अर्को कोठामा राख्नुहोस् । यसले तपाईको निन्द्रा बिगार्ने छैन ।
३. फोन जाँच गर्ने इच्छासँग लड्नुहोस् । आफैलाई सोध्नुहोस् कि एपहरू खोल्नु आवश्यक छ कि छैन ।
४. फोन प्रयोग गर्ने समयको विचार गर्नुहोस् । कम्तिमा २५ मिनेट काममा ध्यान दिनुहोस् र त्यसपछि ब्रेक लिनुहोस् र फोन जाँच गर्नुहोस् ।