काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा विदेशी नागरिकको साथबाट सो परिमाणमा सुन फेला परेको हो । उनी फ्लाई दुबईको उडानमार्फत नेपाल आएका हुन् ।
विमानस्थल स्रोतका अनुसार पक्राउ पर्ने सुडानका नागरिक रहेका छन् ।