१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित



अ+ अ-

काठमाडौं । सनराइज बैंक लिमिटेड ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ । काठमाडौंस्थित होटल याक एण्ड यतिमा सम्पन्न भएको साउथ एसियन फेडेरसन एफ एकाउन्टेन्ट्स (साफा) को एक कार्यक्रममा निजी बैंकतर्फ ‘वेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवाड्स २०२१’ बाट सनराइज बैंक सम्मानित भएको हो ।

सो कार्यक्रममा उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले सो प्रमाणप्रत्र ग्रहण गर्नुभयो ।

दक्षिण एसियाली देशहरुबाट प्रस्तुत गरेको वार्षिक प्रतिवेदनहरुलाई सो संस्थाको समितिले मूल्यांकन गरी विभिन्न १६ वटा विधामा गरी अवार्ड प्रदान गरेको हो ।

बैंकले अपनाउँदै आएको पारदर्शिता, जवाफदेहिता तथा सुशासन प्रस्तुतिका आधारमा वार्षिक प्रतिवेदनको मूल्यांकन गरी दिइँदै आएको यस अवार्डलाई दक्षिण एसियामा निकै प्रतिष्ठित अवार्ड मानिन्छ ।