काठमाडौं । अहिलेको समयमा मोबाइल नभएको मानिस भेट्दा कुनै अजुवा भन्दा कम हुँदैन । हरेकको हातहातमा माबाइल हुन्छ त्यो पनि एउटा होइन दुइवाटा बोक्ने प्रचलन आइसकेको छ । यस्तो बढ्दो टेक्नोलाजीलाई आत्मसाथ गरेर अघि बढ्न मोबाइल फोन नभए पनि सँगै अपढेट रहन गाह्रै पर्ने अवस्था श्रीजना भइसकेको छ । मोबाइलबाट सम्पर्क हुने त छदैँछ तर आजभोली मोबाइलबाटै पढ्ने, हमर्वोक गर्ने, गेम खेल्ने, सूचना लिने, मनोरञ्जन पनि मोबाइल मै समावेश भएको हुनाले गर्दा हरेक कुरा मोबाइलमा उपलब्ध हुन्छ । यस्तोमा कसैले मोबाइलको उपयोग नगरोस् पनि किन रु प्रश्न उठ्छ ।
मोबाइल चलाउँन जरुरी छ त्यो सँगसँगै आँखामा समस्या पनि आउँछ । आँखा पोल्ने, सुन्निने, चिलाउने जस्ता समस्यासँग लडिरहेका हुन्छौँ हामी । अहिले त बच्चा बच्चाले मोबाइल फोन कै कारण चस्मा लगाउने ट्रेन्डिङ नै भइसकेको छ । त्यस्तै पछिल्लो समय गर्धनको समस्या पनि धेरैमा आएको छ । यस्तोमा भनाई नै छ नि जहाँ समस्या त्यहाँ उपाय । केही सानो कुरामा ध्यान दिए मात्र पनि तपाई स्वास्थ्य रहन सक्नुहुन्छ ।
यस्ता छन् उपाय:
आँखाको समस्याः तपाइँको स्मार्टफोनले ह्वाट्सएप, फेसबुक तथा ट्विटर जस्ता साइटहरु सेकेण्ड भरमै खोलिदिन्छ र तपाइँले चाहेको कुरा गर्न सक्नुहुन्छ । तर के तपाइँलाई थाहा छ रु यसरी तिव्र गतिमा चाहेको कुरा हेर्न दिने त्यो स्मार्टफोनले तपाइँको आँखाको ज्योति भने विस्तारै खोसिरहेको हुन्छ ।
स्मार्टफोनको सानो स्क्रिनमा आँखाको समग्र हेराइ केन्द्रित गर्दा आँखामा जोड पर्दछ । जसका कारण आँखामा आँशु आउने, धमिलो देखिने, टाउको दुख्ने, आँखा रातो हुने जस्ता समस्या देखिन्छन् ।
त्यसैले स्मार्टफोनबाट आँखालाई बचाउनका लागि आफ्नो फोन प्रयोग गर्दा आँखा र मोबाइल फोनबीच केही दूरी कायम राख्नुहोस् अर्थात् आँखाको नजिक लगेर मोबाइल नचलाउनुहोस् ।
फोनमा एकोहोरो लामो समयसम्म हेरिरहनुको साटो बीच बीचमा मोबाइलको स्क्रिनबाट आँखा हटाएर ब्रेक लिनुहोस् र केही समयका लागि आँखा चिम्लिनुहोस् । हत्केलालाई एक आपसमा रगडेर चिम्लिएको आँखाको परेला माथि राख्नुहोस् । यसले आँखालाई आराम मिल्दछ ।
गर्धन तथा पिठ्यूँको समस्याः मोबाइलमा मेसेजिङ तथा च्याटिङ धेरै गर्ने बानी केही समयका लागि खुसीको विषय बन्न सक्ला । तर, यसले स्वास्थ्यमा भने दीर्घकालीन असर गर्नसक्छ ।
मोबाइल चलाउँदा लामो समयसम्म शरीर झुकाएर च्याट गर्ने, म्यासेज पठाउने तथा गीत सुन्ने गर्दा त्यसले गर्धन तथा पिठ्यूँ दुख्ने समस्या उत्पन्न हुन्छ । सुरुमा गर्धन दुख्ने समस्या देखिन थाल्छ र त्यो विस्तारै पिठ्यूँमा सर्दछ । साथै लामो समयसम्म टाउको झुकाएर तथा कुप्रिएर च्याटिङ तथा मेसेजिङ गर्ने नगर्नुहोस् ।
गाडी चलाइरहेको अवस्थामा पनि कतिपय मानिसहरु कानको एक साइडमा फोन चेँपेर टाउको एकापट्टि ढल्काएर फोनमा कुरा गर्दछन् । गाडी चलाउँदै हुनुहुन्छ वा तपाइँको हात अन्य काममै व्यस्त छ भने तत्कालका लागि कसैलाई फोन गर्ने तथा फोन उठाउने काम नगर्नुहोस् ।
मोबाइलमा कुरा गर्नैपरेको छ तर हातले मोबाइल अठ्याउने फुर्सद छैन भने कान र कुमले मोबाइल फोन चेँपेर कुरा गर्नुको साटो एयरफोनको प्रयोग गर्नुहोस् । यसरी लामो समयसम्म टाउको बंग्याएर फोनमा कुरा गर्दा गर्धनको दुखाइले पिरोल्न सक्छ । त्यसैले फोनमा कुरा गर्दाको समयमा गर्धन सिधा राख्नुपर्छ । (एजेन्सीको सहयोगमा)