काठमाडौँ । सत्ता साझेदार दलको बैठकमा एमसीसी संसद्मा टेबल गर्न सहमत भएको नेकपा (माओवादी केन्द्र) सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा असहमत देखिएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसद्मा एमसीसी टेबल गर्न सहमत हुनुभएको थियो ।
तर उहाँ सहमत भए पनि उहाँकै पार्टीका नेताहरु एमसीसीका सम्बन्धमा असहमत देखिएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले आज बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, जयपुरी घर्ती र रेखा शर्माले एमसीसी संसद्मा टेबल गर्ने विषयमा असहमति प्रकट गरेका हुन् ।
उनीहरुले कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसीलाई संसद्को कार्यसूचीमा पार्ने विषयलाई लिखितरुपमै असमति प्रकट गरेका हुन् ।