२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

धितोपत्र बोर्ड अध्यक्ष हमालद्वारा पदभार ग्रहण, साना लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धता (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गर्नु भएको छ । आइतबार हमालले पूँजीबजारको नियमनकारी निकाय धितोपत्र बोर्डको कार्यालय खुमलटारमा पुगेर पदभार ग्रहण गर्नु भएको हो । पदभार ग्रहणगर्दै अध्यक्ष हमालले साना लगानीकर्तालाई बचाउने उद्देश्य लिएर बोर्डमा आएको बताउनु भएको छ ।

उहाँले साना लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । अध्यक्ष हमालले शेयर बजारलाई स्वाच्छ र पारदर्शी रुपमा विकास गराउन र सबैलाई एउटै प्रकारको नियमन गर्ने नियमकको भूमिका आफूले निभाउने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘शेयर बजारको चिन्ता भएर नै धितोपत्र बोर्डमा आएको हो । यो शेयर बजारलाई कसरी स्वस्छ रुपमा वृद्धि गर्ने, शेयर कारोबारमा स्वच्छ कारोबार होस् । टान्सफरेन्सी होस्, सबैलाई एउटै किसिमको नियमनकारी भूकिका होस् । नियमन निकाय नियमन निकाय जस्तो होस् । कसैले अन्यायमा पर्नु नपरोस्। सबैभन्दा ठूलो कुरा साना लगानीकर्ता मर्का नपरोस्, साना लगानीकर्तालाई नबचाउने मार्केटको कहिले पनि दिगो रुपमा विकास हुन सक्दैन । मेरो मुख्य उदेश्य भनेकै साना लगानीकर्तालाई कसरी बचाउने, उनीहरुको लगानी जोखिममा नपर्ने गरी काम गर्ने नै सबैभन्दा ठुलो उदेश्य हो ।’

हमाललाई गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो । नियुक्तपछि हमालले शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा समक्ष पद तथा गोपनियताको सपथ लिनु भएको थियो ।