काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम १ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।
धाँधली गरेर आफूलाई पराजित गरको बारम्बार आरोप लगाउँदै आएका नेता खनालले परिणाम अस्वीकार गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।
इलाम १ मा पुनः मतदान गराउन उनको माग छ ।
नेता खनाललाई एमाले महेश बस्नेतले पराजित गरेका थिए । नेता बस्नेतले २५ हजार ७५३ मत ल्याई विजयी हुँदा खनाल २३ हजार ८९ मतसहित पराजित भएका थिए ।