२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

रामेछापमा कांग्रेसका कान्छाराम फराकिलो मतान्तरले निर्वाचित



अ+ अ-

रामेछाप । रामेछापबाट नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका कैलाशप्रसाद ढुंगेललाई फराकिलो मतान्तरले पराजित गर्दै कान्छाराम निर्वाचित भएका हुन् ।

कान्छारामले ४७ हजार ९९ मत ल्याउदा एमालेका ढुङ्गेलले ३० हजार ७ सय ३० मत पाए । कान्छाराम र ढुङ्गेलबिच १६ हजार ३६९ को मतान्तर रहेको छ ।

रामेछापमा एक लाख ८० हजार १०६ मतदाता रहेका छन् । त्यसमध्ये ८८ हजार ६८० मत खसेको थियो भने ८३ हजार ८९९ मत सदर भएको थियो ।