उर्लाबारीः मोरङ निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्वु निर्वाचित हुनुभएको छ ।
निर्वाचन कार्यालयका अनुसार लिम्बुले २७ हजार २९७ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का घनश्याम खतिवडाले २६ हजार ८६७ मत प्राप्त गर्नुभयो । यसअघि २०७४ सालको निर्वाचनमा खतिवडाले लिम्बुलाई पराजित गर्नुभएको थियो ।
यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा एमालेका उमाकान्त गौतम विजयी हुनुभएको छ । उहाँले १३ हजार ५३१ मत प्राप्त गर्नुभयो भने वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का कुशल साम्वाले १० हजार ४ मत प्राप्त गर्नुभयो ।
यस्तै प्रदेशसभा २ मा एमालेका खड्गबहादुर बस्नेत विजयी हुनुभएको छ । उहाँले १४ हजार ५३९ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका उपेन्द्रप्रसाद घिमिरेले १३ हजार ८ सय ६३ मत प्राप्त गर्नुभयो ।
यो नतिजासँगै मोरङमा कांग्रेसले ३,माओवादी केन्द्रले १, नेकपा एमालेले १ स्थानमा जित निकालेका छन् भने एक स्थान स्वतन्त्रले जितेका छन् । रासस