२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

राप्रपाले हराएका मध्ये तीन जना पूर्वगृहमन्त्री, एक स्थानमा बहालवाला गृहमन्त्रीसँग राप्रपाकै अग्रता



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । केही परिणाम सार्वजनिक समेत भइरहेका छन् । यसपटकको निर्वाचनमा केही हेभिवेट नेताहरु पराजित भएका छन् भने केही नयाँ अनुहारले संसद्मा प्रवेश पाउँदैछन् ।

जारी निर्वाचनमा मुलुकको सुरक्षा प्रशासन चलाइसकेका केही नेतासमेत पराजित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले मुलुकको गृहमन्त्री भइसकेका तीन हेभिवेट अनुहारलाई संसद् ढोकामा प्रवेश गर्न दिएनन् । त्यस्तै एकजना बहालवाला गृहमन्त्री पनि राप्रपाकै उम्मेदवारसँग झिनो मतले पछाडि परेका छन् ।

झापा निर्वाचन क्षेत्र नं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका उम्मेदवार एवं पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलालाई पराजित गर्नुभयो । लिङ्देनले ४० हजार ६६२ मत प्राप्त गर्दा सिटौलाले ३७ हजार ३८६ मत पाउनुभयो ।

त्यस्तै राप्रपाकै महामन्त्री ध्रुवबहादुर प्रधानसँग नेपाली कांग्रेसकै देवेन्द्रराज कँडेलको लज्जास्पद पराजय भएको छ । नवलपरासी पश्चिम २ बाट निर्वाचित प्रधानले ३४ हजार ७६४ मत ल्याउँदा कँडेलले १९ हजार ५९४ मत मात्र प्राप्त गर्नुभयो । कँडेल पूर्व गृहराज्यमन्त्री हुनुहुन्छ ।

त्यसैगरी मकवानपुर निर्वाचन क्षेत्र नं १ मा राप्रपाका दीपकबहादुर सिंह निर्वाचित हुनुभयो । सो निर्वाचन क्षेत्रमा पूर्वगृहमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापा पराजित हुनुभयो । थापा तेस्रो स्थानमा रहँदै पराजित हुनुभएको हो ।

सिंहले २४ हजार १९५ मत पाउँदा थापाले २२ हजार ५९८ मत पाउनुभयो । थापा नेकपा ९एमाले० को निर्वाचन चिह्न सूर्य लिएर उठ्नुभएको थियो । दोस्रो स्थानमा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ९डिना० ले २२ हजार ८४० मत पाउनुभयो ।

रुपन्देहीको निर्वाचन क्षेत्र नं ३ मा मतगणना जारी छ । प्राप्त पछिल्लो परिणामअनुसार त्यहाँ राप्रपाका दीपक बोहराले २७ हजार ६३१ मतका साथ अग्रता बनाएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाणले २७ हजार १५८ मत ल्याउनुभएको छ । खाण गृहमन्त्रीसमेत हुनुहुन्छ ।