२२ माघ २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नोवेल मेडिकल कलेज तेस्रो पटक सर्वाधिक आयकर तिर्ने संस्थाबाट सम्मानित



अ+ अ-

काठमाडौँ । डाक्टर सुनिल कुमार शर्माले नेतृत्व गरेको बिराटनगर स्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल यस बर्षको स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये सबैभन्दा बढी आयकर तिर्ने संस्थाको सम्मानित भएको छ ।

११ औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार काठमाडौंमा आर्थिक बर्ष २०७७ र७८  मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट कर तिरेवापत नोवेल मेडिकल कलेज सम्मानित भएको हो।

कलेजले गत आर्थिक वर्षमा १६ करोड ६६ लाख आय कर तिरेको थियो । यो भ्याट र टिडिएस बाहेकको रकम हो ।

नोवेल मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा भागेन्द्र प्रसाद उपाध्यायले राम्रो सेवा दिदै सर्वाधिक आयकर तिर्ने संस्था बन्न पाउदा खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

जनतालाइ गुणस्तरिक सेवा संगै राज्यलाइ सवैभन्दा कढी आय कर तिर्ने संस्था बन्दा गर्व लागेको छ । उपाध्यायले भने “सरकारको नियम पालन गरेर सर्वाधिक आय कर तिर्ने संस्था बन्न पाउनु खुसी र गौरवको बिषय हो” डाक्टर सुनिलकुमार शर्माको कुशल नेतृत्व र राष्ट्रप्रतिको इमान्दारिताले यो सम्भव भएको भन्दै उपाध्यायले यो सम्मानले थप उर्जा बढेको र आगामी दिन पनि यो विश्वासलाइ कायम राख्नेगरि काम गर्ने बताए ।

नोबेल मेडिकल कलेज विराटनर यस अघिपनि दुई पटक शिक्षा र स्वास्थ्य क्षेत्रवाट सार्वाधिक आयकर तिर्ने संस्थाको रुपमा सरकारबाट सम्मानित भइसकेको छ।