१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

गर्भमा छोराछोरी के हो भनेर कसरी थाहा पाउने ? पढनुहोस्



अ+ अ-

काठमाडौं । छोरा या छोरी दुवै समान हुन् । हाम्रो समाजमा छोरा र छोरीमा गरिने भेदभाव तथा गर्भपतनका कारण गर्भवती महिलाको पेटमा रहेको बच्चाको लिङ्ग परिक्षण गरिनु गैरकानुनी मानिन्छ । तर, यदि भेदभावको दृष्टिकोणले नभई उत्सुकता मेटाउनको लागि छोरा र छोरी के छ भन्ने जानकारी लिन चाहेमा आफैले घरमा पनि अनुमान गर्न सकिन्छ।

१) यदि गर्भमा छोरी छ भने गर्भवती महिलामा महिला हार्मोनको मात्रा बढेको हुन्छ । त्यसैले उनी धेरै मुडी हुन्छिन् । त्यस्तै, शरीरक अंगहरुले पनि छोरा वा छोरी के छ भन्ने कुरामा संकेत गरिरहेको हुन्छ ।

२) यदि महिलाको स्तनको टुप्पोको रंग बढी कालो हुँदै गयो भने उनको गर्भमा छोरा रहेको हुन्छ । यदि ती महिलाको स्तनको रंगमा थोरै मात्र परिवर्तन भएको छ भने, उनको गर्भमा छोरी हुन्छ।

३) यदि गर्भवती महिलाको दायाँ स्तन बायाँ स्तनभन्दा ठूलो भएको छ भने उनको गर्भमा छोरा रहेको हुन्छ र यदि बायाँ स्तन दायाँ स्तनभन्दा ठूलो भएको छ भने, उनको गर्भमा छोरी हुन्छ ।

४) यदि गर्भवतीको पिसाबकोरंग गाढा पहेंलो हुन्छ भने उनको गर्भमा छोरा रहेको भन्ने बुझ्न सकिन्छ । यदि गर्भवतीको पिसाबको रंग हल्का छ भने उनको गर्भमा छोरी बसेको हुन्छ।

५) महिलाको खानपिनको शैलीले पनि गर्भमा छोरा वा छोरी छ भन्ने कुरा बताइरहेको हुन्छ। यदि गर्भवतीले नुनिलो खानेकुरा बढी मन पराउँछिन् भने उनको गर्भमा छोरा रहेको हुन्छ । त्यस्तै, यदि उनले गुलियो बढी मन पराउँछिन् भने उनको गर्भमा छोरी रहेको हुन्छ।

६) यदि गर्भवती महिलाको धड्कन सामान्य हुन्छ भने उनको गर्भमा छोरा रहेको हुन्छ र यदि गर्भवतीको धड्कन बढ्छ भने उनको गर्भमा छोरी रहेको हुन्छ ।

७) गर्भवती महिलाका श्रीमानको शरीरको तौल बढ्दै गएको छ भने, उनले छोरीलाई जन्म दिन्छिन् र यदि श्रीमानको तौल सामन्य छ भने उनले छोरालाई जन्म दिन्छिन् ।