१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पराजयपछि रामकुमारीको प्रतिक्रिया: समाजलाई गलतरुपमा प्रयोग गरिएको रहेछ



अ+ अ-

काठमाडौँ । सत्तागठबन्धनका तर्फबाट गुल्मी क्षेत्र नं २ का उम्मेदबार बन्नुभएकी नेकपा एसकी नेत्री रामकुमारी झाँक्रीले निर्वाचन, समाज र सामाजिक जीवनका थुप्रै पक्षका बारेमा समाजको पिँधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएको जनाउनुभएको छ ।

विजयी एमाले उम्मेदवार गोकर्ण विष्टलाई बधाई दिँदै उहाँले जय र पराजय सामान्य प्रक्रिया भएको बताउनुभयो । उहाँले गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा साथ रहने स्पष्ट पार्नुभएको छ ।

उहाँले लेख्नुभएको छ:

यो निर्वाचन मेरो लागि अत्यन्तै रोमाञ्चक रह्यो। ज्ञानको हिसाबले कुनै प्रसिद्ध विश्वविद्यालयमा पढेभन्दा बढी। समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिँधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ। यो साढे दुई दशकमा समाजलाई जसरी Depoliticization (एक प्रकारको गलत प्रयोग) गरिएको रहेछ नि त्यो चाहिँ लोकतन्त्रको लागि गम्भीर छ। डरलाग्दो छ। जय र पराजय सामान्य प्रक्रिया हुन्। मैले अत्यन्तै सहजरूपमा लिएको छु। मेरो पक्षमा हजारौँ मतदाताले आफ्नो अभिमत दिनुभएको छ, यसप्रति म सधै ऋणी हुनेछु।

यो निर्वाचनमा सहभागी सबै मतदाता, सबै तहका निर्वाचन परिचालन संयन्त्रका सदस्यहरू, गठबन्धन दलका नेतृत्वगण र नेता कार्यकर्ता साथीहरू, निर्वाचन सम्पन्न गर्न सहभागी सबै सुरक्षाकर्मी, कर्मचारी मित्रहरू, स्वयंसेवक र पत्रकार साथीहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु।

साथै यो निर्वाचनमा विजयी मेरो आदरणीय दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना। गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा म सधैँ साथमा रहनेछु।