१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दार्चुलामा गठबन्धनको अग्रता



अ+ अ-

दार्चुला । दार्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार दीलेन्द्रप्रसाद बडूको अग्रता कायमै रहेको छ ।

ब्यास गाउँपालिका १, २, ३, को मतगणना सम्पन्न हुँदा उहाँले तीन हजार चार सय ४७ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह ठगुन्ना तीन हजार एक सय ९५ मत ल्याउनुभएको छ ।

प्रदेशसभा क्षेत्र नम्बर ९१० मा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका विक्रमसिंह धामीले तीन हजार नौ सय १४ मत ल्याएर अग्रता कायमै रहेको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार हरदेव जोशी दुई हजार छ सय ७६ मतले पछि पर्नुभएको छ ।

अपिहिमाल गाउँपालिका र शैल्यशिखर नगरपालिका १, २, ३, ४, ५ र ६ वडा का मत गणना सम्पन्न हुँदा प्रदेशसभा ९२० मा गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामीले मत चार हजार पाँच सय ४७ ल्याएर अग्रता लिनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेबाट उम्मेदवार रामदत्त जोशीले चार हजार तीन सय ५३ मत ल्याएर पछि पर्नुभएको छ ।रासस