१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अशक्त छोरालाई ह्वीलचेअरबाट उठाएर हिँडाउन रोबटिक्स इन्जिनियर पिताको यस्तो उपहार



अ+ अ-

एजेन्सी । फ्रान्समा एक रोबटिक्स इन्जिनियर पिताले आफ्ना छोराको अनुरोधमा शारीरिक अपाङ्गताका कारण ह्वीलचेअरमा बस्न बाध्य मानिसलाई आफैँ हिँड्न सघाउने एउटा विशेष खालको परिधान बनाएका छन्।

उनका १६ वर्षे छोरा पहिला एक्लै हिँडडुल गर्न सक्दैनथे। तर अहिले उनी शरीरमा जडित रोबटलाई आदेश दिएर अरूको सहायताबिना हिँडडुल गर्छन्। उनको छोराले आफु अहिले आत्मनिर्भर भएको महशुस गर्ने बताउँछन् । 

जाँ-लुई कोन्स्टान्जाले त्यस्तो परिधान बनाउने कम्पनी नै स्थापना गरेका छन्। केही देशका अस्पतालमा त्यस्तो यान्त्रिक परिधान प्रयोग गरेर बिरामीलाई दिनको केही घण्टा सीधा हिँडाइन्छ। सर्वसाधारणले प्रयोग गर्नेगरी बेच्न यो सूट अहिले महँन्गो छ । तर अस्पतालहरुलाई प्रतिगोटा १.८ लाख डलरमा दर्जौनौँ सूट बेचिसकेको छ ।