१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

हुम्लाको सर्केगाडमा झडप, सहायक मतदान अधिकृत र सेनाका हुद्दा घाइते



अ+ अ-

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित देवकोटा आधारभूत विद्यालय उनापानीमा मतदान स्थलमा झडप भएको छ ।

वारेसनामा विवाद हुँदा भएको झडपमा सहायक मतदान अधिकृत प्रेम भण्डारी र सेनाका हुद्दा अर्जुन उपरकोटी घाइते भएका छन् । उनीहरुको टाउकोमा चोट लागेको बताइएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउन्ड हवाई फायर गरेको छ । त्यहाँ बिहान ९ बजेदेखि मतदान स्थगित भएको छ । प्रहरीले मतपेटिका सुरक्षित रहेको जनाएको छ ।

वारेसनामा विवादका कारण बिहान ८ः३० मा सत्ता गठबन्धनका उम्मेदवार कार्चेना लामा र स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीका कार्यकर्ताबीच झडप भएको थियो । सोही क्रममा सहायक मतदान अधिकृत भण्डारीको टाउँकोमा चोट लागेको हो ।

लगत्तै सर्वदलीय बैठक बसी पुनः मतदान सुरु गर्ने सहमति भएको थियो । तर पुनः एक दर्जन व्यक्तिले मतदान केन्द्रमा ढुंगामुढा गरेपछि तनाव सुरु भएको थियो । त्यसपछि प्रहरी निरीक्षक पुष्पराज रोकायले पेस्तोलबाट एक राउन्ड र थ्री नट थ्री राइफलबाट ७ गरी ८ राउन्ड फायर गरेका थिए ।