११ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

राजनीतिक स्थिरता बिना विकास निर्माण काल्पनिक जस्तो हुन्छः प्रकाशमान सिंह(भिडीयोसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक स्थिरता बिना विकास निर्माण सम्भव नभएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली जनताले देशमा स्थिरता कायम होस् भन्ने चाहना गरेको भन्दै देशमा राजनीतिक स्थिरता कायम गर्न गठबन्धनको विकल्प नभएको बताउनु भयो ।

उहाँले राजनीतिक स्थिरताबाट नै देश समृद्धि र विकास हुनसक्ने भन्दै आगामी िनर्वाचनमा गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो । उहाँले राजनीतिक स्थिरता र स्थायित्व, संविधानको कार्यान्वयनको लागि गठबन्धन हार्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिक परिस्थितिबाट जनताको स्थिरताको लागि जुन चाहना छ, राजनीतिक स्थिरता कायम गर्नको लागि पनि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आवश्यक छ । अस्थिरता भयो भने विकास निर्माणको कुरा काल्पनिक हुन जान्छ, राजनीतिक स्थिरता र स्थायित्वका लागि र संविधानलाई ट्रयाकमा राख्न र कार्यान्वयन गर्नको लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आवश्यक छ ।’

नेता सिंहले गठबन्धनलाई जिताउनका लागि देशभरबाट सबै नेता, कार्यकर्ताले सहजताका लागि आवश्यक पहल गर्न आग्रह गर्नुभयो ।