१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

उपत्यकामा ‘नो हर्न’ अभियानलाई प्रभावकारी बनाइँदै



अ+ अ-

काठमाडौँ । उपत्यकामा ‘नो हर्न’ अभियानलाई थप प्रभावकारी बनाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नो हर्न’ अभियान प्रभावकारी बनाउन आजदेखि स्टिकर टाँस्न थालेको छ । उपत्यकामा २०७४ वैशाख १ गतेदेखि हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो ।

त्यसपछि हर्नको प्रयोगमा कमी आउनुको साथै सुरुआती दिनमा यसको कार्यान्वयन प्रभावकारी भएको थियो । यद्यपि कोभिड–१९ का कारण पछिल्ला दिनमा क्रमशः हर्नको प्रयोगमा वृद्धि हुँदै गएकाले प्रहरीले पुन अभियान सुरु गरेको हो । महाशाखाले उक्त स्टीकर चालकले देख्ने गरी अगाडिको सिसामा टाँस गरिएको छ । 

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराइले उक्त अभियानलाई प्रभावकारी बनाउन आजैबाट उपत्यकाको ३८ ट्राफिक कार्यालयले एकैसाथ ५० हजार नो हर्न स्टीकर टाँस गरी अभियान सुरु गरेको जानकारी दिनुभयो ।

उहाँले केही समययता अनावश्यक हर्नको प्रयोगमा क्रमश वृद्धि भइरहेको महसुस गरी थप कडाइ गर्न थालिएको बताउनुभयो । उहाँले अति आवश्यक नपरी हर्नको  प्रयोग नगर्न पनि अनुरोध गर्नुभएको छ । यसरी प्रयोग गरेको पाइएमा कारबाहीको दायरामा ल्याइने जनाइएको छ । अनावश्यकरूपमा हर्न बजाउँदा ध्वनि प्रदूषण हुनेछ ।