२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बाढीले खेतबारी बगर, बनायो घरबास उठिबास लगायो- फोटो फिचर



अ+ अ-

काठमाडौं । असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँको खेतबारी बगरमा परिणत भएको छ । उक्त बाढीले करोडौंको भौतिक क्षति गरेको समेत गरेको छ ।

 

बाढीपहिरोका कारण कर्णाली प्रदेशमा मात्र १० हजार सात सय १४ जना घरबारविहीन भएका छन् । त्यस्तै बाढीपहिरोबाट एक हजार सात सय २० घरधुरी विस्थापित भएका छन् ।

एक सातादेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परेर कर्णालीमा ३६ जनाको मृत्यु भएको थियो । बाढीपहिरोबाट जुम्लामा १० जना, मुगुमा आठ, कालिकोटमा छ, हुम्लामा चार, जाजरकोट सल्यानमा तीन÷तीन, दैलेख र डोल्पामा एक÷एक जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीमा पूर्णरूपमा एक हजार एक सय ४० घर भत्किएका छन् भने आंशिक एक हजार छ सय १२ घर भत्किएका छन् । त्यस्तै बाढी तथा पहिरोबाट उच्च जोखिममा एक हजार चार सय ७७ घरधुरी रहेका छन् ।

बाढीपहिरोमा परेर कर्णाली प्रदेशको कालिकोटमा सबैभन्दा धेरै १७ जना बेपत्ता भएका छन् भने दैलेख, जुम्ला र डोल्पामा एकएक गरी २० जना बेपत्ता भएका छन् ।

तस्बिर- शुरबहादुर सिंह, रासस