२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अध्ययनको दाबीः मृत जीवका कारण समुद्रमा ठूलो भूकम्प आउन सक्ने



अ+ अ-

एजेन्सी । पछिल्लो अनुसन्धानमा एउटा अचम्मको कुरा बाहिर आएको छ । हिकुरङ्गी सबडक्सन क्षेत्रमा लाखौं वर्ष पुरानो सानो जीवले विनाशकारी भूकम्प निम्त्याउन सक्ने वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।

वास्तवमा, न्यूजील्याण्डको सबैभन्दा ठूलो फल्टमा रहेको प्यासिफिक प्लेट, सबडक्शन जोन, अष्ट्रेलियाली प्लेट मुनि डुब्नसक्ने दाबी समेत अध्ययनमा गरिएको छ । यस क्षेत्रमा आठ म्याग्निच्युडभन्दा ठूलो ‘मेगाथ्रस्ट’ भूकम्प जाने सम्भावना रहेको औंल्याइएको छ ।

हिकुरङ्गी सबडक्सन जोनको छेउमा रहेको हुँगारोवा फोल्टमा रहेको चट्टानबारे वैज्ञानिकहरूको टोलीले अध्ययन गरिरहेको छ ।

टोलीको नेतृत्व गर्ने डा. क्यारोलिन बोल्टनले मार्टिनबरोबाट ३५ किलोमिटर दक्षिणपूर्व टोराह नजिकैको चट्टानमा माटोको ढुङ्गा, चून ढुङ्गा र सिल्टस्टोनको तह फेला परेको बताए, जसले सबडक्शन जोनमा के छ भन्ने संकेत गर्छ । वास्तवमा, त्यस्ता चट्टानहरू ३५ देखि ६५ करोड वर्षअघिसम्म समुन्द्रको भुइँमा थिए तर त्यस्तो ठाउँमा अध्ययन गर्न गाह्रो थियो ।

डा. बोल्टनले चट्टानमा क्याल्साइट रहेको बताए, यो एक कोषका पुराना सामुद्रिक जीवहरु विशेष गरी फोरामिनिफेरा जस्तै प्लाङ्कटनबाट बनेको हो । ती साना जीवहरू मिलेर बनेको क्याल्साइटले सबडक्शन क्षेत्रको मुभमेन्टलाई प्रभाव पार्न सक्षम छ ।

डाक्टर बोल्टन भन्छन् कि यदि चट्टानमा रहेको क्याल्साइट पग्लन्छ भने, फल्ट कमजोर हुन्छ र ठूलो भूकम्प आउन सक्ने सम्भावना हुन्छ । तापमान कम हुँदा क्याल्साइट चाँडो पग्लन्छ, जबकि तापक्रम बढ्दै जाँदा यसलाई पग्लन गाह्रो हुन्छ ।

अन्वेषकहरूका अनुसार सबडक्शन क्षेत्रमा, तापक्रम जमिनको तुलनामा लगभग १० डिग्रिसेल्सियस बढ्छ । यी जीवहरूबाट बनेको क्याल्साइटको मात्राले अर्को भूकम्प कति ठूलो हुने भनेर निर्धारण गर्छ । हिकुरङ्गी सबडक्सन जोनको दक्षिणी किनारामा आगामी ५० वर्षमा ठूलो भूकम्प जाने सम्भावना २६ प्रतिशत रहेको अनुमान गरिएको छ ।