
काठमाडौँ । बलिउड अभिनेत्री भाग्यश्री काठमाडौँ आइपुगेकी छन् । उनी आइतबार बेलुका भारतबाट नेपाल एयरलाइन्सको विमानबाट नेपाल आइपुगेकी हुन् ।
उनको आगमनका बारेमा केही जानकारी नभए पनि उनी निजी कामका सिलसिलामा आएको अनुमान गरिएको छ । पोषणसम्बन्धी जानकार भाग्यश्री पदयात्रामा विशेष रुचि राख्छिन् ।
सन् १९८९ मा उनले सुरज वर्जत्य निर्देशित फिल्म ‘मैने प्यार किया’बाट बलिउड डेब्यु गरेकी थिइन् । सोही फिल्म फिल्मबाट उनले सर्वोत्कृष्ट डेब्यु नायिका विधामा फिल्मफेयर अवार्ड पनि जितेकी थिइन् ।