२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रधानमन्त्री देउवा नवौँ राष्ट्रिय खेलकूद समापनको प्रमुख अतिथि हुने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री देउवालाई नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनका लागि प्रमुख अतिथिका लागि निमन्त्रण पत्र प्रदान गरिएको छ ।

यही असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने सो प्रतियोगिता समापन कार्यक्रमका लागि प्रधानमन्त्री देउवालाई बिहीबार प्रमुख अतिथिका लागि निमन्णा पत्र प्रदान गरिएको हो ।

कात्तिक ३ गते पोखरा रंगशालामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनको प्रमुख अतिथिका लागि राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा पुगी प्रधानमन्त्री देउवालाई निमन्त्रणा पत्र प्रदान गर्नुभयो ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङसहित पुग्नुभएका मन्त्री गहतराजले प्रधानमन्त्री देउवालाई नवौँ राष्ट्रिय खेलकुदको तयारीका बारेमा जानकारी गराउनुभएको थियो ।

राखेपले प्रतियोगिताको समुद्घाटन कार्यक्रमको प्रमुख अतिथिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई असोज ११ गते निमन्त्रणा पत्र प्रदान गरिसकेको छ ।