१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

२२ करोड राजस्व सङ्कलन



अ+ अ-

वाग्मती । हेटौँडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक स्रोत तर्फ रु २२ करोड बढी रकम सङ्कलन गरेको छ । कार्यालयका अनुसार गत आवमा आन्तरिक स्रोत तर्फ रु २२ करोड सात लाख २९ हजार २२१ राजस्व सङ्कलन गरेको हो । राजस्व सङ्कलनमध्ये गत एक वर्षको अवधिमा सबै भन्दा धेरै एकीकृत सम्पत्ति कर रु चार करोड ९६ लाख ३१ हजार ५६९ सङ्कलन गरिएको कार्यालयले जनाएको  छ ।

पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर रु एक करोड ८६ लाख १८ हजार ६०० सङ्कलन गरिएको हो । अन्य सेवा तथा शुल्क र बिक्रीबाट रु  एक करोड ३९ लाख ७० हजार ६०९ सङ्कलन गरिएको छ । विभिन्न प्रकारका सिफारिस दस्तुरबाट रु दुई करोड ९९ लाख ९१ हजार ७७२, नक्सापास दस्तुरबाट रु एक करोड ८९ लाख ९३ हजार ९ सय ३९ प्राप्त भएको उपमहानगरपालिकाले जनाएको छ ।

त्यसैगरी उपमहानगरपालिकाले बहाल करबाट पनि रु  दुई करोड २४ लाख एक हजार ६९ कर सङ्कलन गरेको छ । विभिन्न २२ वटा शीर्षकमा उपमहानगरपालिकाले आन्तरिक राजस्व सङ्कलन गरेको छ । स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि कुनै पनि क्षेत्रमा करमा वृद्धि नभएको र सङ्घ र प्रदेश सरकारले बनाएका कानूनका आधारमा कर लिँदै आएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताउनुभयो ।

यसैबीच हेटौँडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा नदीजन्य पदार्थमा मात्र रु चार  करोड ११ लाख १३ हजार सङ्कलन गरेको छ । प्रदेश सरकारलाई समेत यो रकम बाँडफाँड गर्नुपर्ने हुन्छ ।

त्यसैगरी नदीजन्य पदार्थको लिलाम बिक्रीबाट ७८ लाख ५८ हजार सङ्कलन गरिएको उपमहानगरपालिकाले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा नगर क्षेत्रभित्रका क्रसर उद्योगसँग असूल गर्न बाँकी रु एक करोड ८८ हजार पनि असुल गरेको छ । वन रोयल्टीको ६० लाख  सङ्कलन गरिएको कार्यालयले जनाएको छ । महानगरपालिकाले माटो बिक्रीबाट रु १२ लाख ९५ हजार सङ्कलन गरेको छ ।