१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी तथा राप्रपाका शिर्षस्थ नेता बिच आर्थिक क्षेत्रका बिबिध पक्षवारे छलफल



अ+ अ-

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लले मुलुकको आर्थिक क्षेत्रको विकासको लागि कृषिलाइ प्राथमिकता दिनु पर्ने बताउनु भयो । नेपालले वर्षेनी खरवौ मूल्यका खाद्यान्न लगायत कृषिजन्य वस्तुहरु आयात गरिरहेको पृष्ठभूमीमा कृषिको सभाव्यता प्रचुरमात्रामा रहेकोेले कृषिलाइ प्राथमिकता दिन र कृषिको उत्पादकत्वमा वृद्धि गरी उत्पादनलाइ बजारसंग संयोजन गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो ।

रा.प्र.पा.ले निकट भबिष्यमा तर्जुमा गर्न लागेको आर्थिक नीतिका लागि उक्त पार्टीले निजी क्षेत्रको अवधारणावारे जानकारी लिने क्रममा आज चेम्वरमा आयोजित कार्यक्रममा चेम्वर अध्यक्ष श्री मल्लले कोभिडको राहत प्याकेज ग्रामीण स्तरमा पुग्न नसकेको बताउनु हुंदै बिदेशबाट सीप सिकेर आएका युवाहरुको सीप उपयोगका लागि न्युनतम व्याजदरमा कर्जा उपलब्ध हुनु पर्ने बताउनु भयो । यसका साथै घरजग्गा कारोवारलाइ व्यवस्थित गर्न व्रोकर लाइसेन्सको व्यवस्था, बिदेशी लगानीमा स्थापना हुने उद्योगमा पिपिपि मोडलमा जनस्तरमा लगानीको प्रावधान गरिनु पर्ने बताउनु भयो ।

उक्त अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष श्री पशुपति समशेर जवराले आर्थिक बिकासका सवालमा निजी क्षेत्रको अहं भूमिका हुने मान्यता सहित खुला बजार अर्थनीति तथा संगठित क्षेत्रमा निजी क्षेत्रको सहभागिता हुनु पर्ने बिश्वास राष्ट्रिय प्रजातन्त्र पार्टीको रहेको बताउनु भयो । रा.प्र.पा.अध्यक्ष श्री कमल थापाले चेम्वरका सुझावहरु निकै उपयोगी भएको र चासोका साथ लिएको बताउनु हुंदै पार्टीको आर्थिक घोषणापत्र तर्जुमा गर्ने क्रममा चेम्वरबाट प्रस्तुत गरिएका सुझावहरुलाइ मनन गरिने बताउनु भयो ।

राप्रपाका अर्का अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीेले चेम्वरबाट प्रस्तुत सुझावहरुवारे जिज्ञासा राख्नु भएको थियो । सो अवसरमा राप्रपा आर्थिक बिभागका संयोजक श्री उद्धव पौडेल र कार्य सम्पादन समितिका सदस्य श्री मोहन श्रेष्ठको पनि उपस्थिति रहेकोे थियो । उक्त अवसरमा चेम्वरका वरिष्ठ उपाध्यक्ष श्री कमलेश कुमार अग्रवाल उपाध्यक्ष श्री दीपक मल्होत्रा, तथा चेम्वर कार्य समिति सदस्य श्री पर्शुराम दाहाल, श्री राजारत्न तुलाधर, श्री दीपक काजी तुलाधर र श्री राम श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।