८ मंसिर २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

रूपन्देही विकासको पाठशाला हो : उपाध्यक्ष पौडेल



अ+ अ-

बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही विकासको पाठशाला भएको बताउनुभएको छ । उहाँले विकास सिक्न, बुझ्न र चिन्नका लागि रुपन्देही उपयुक्त पाठशाला भएको जिकिर गर्नुभयो ।

बुटवलमा आयोजना गरिएको एक कार्यक्रममा उहाँले कसैले कल्पना गर्न नसकेको विकास आफूहरुले रुपन्देहीमा गरेको दाबी गर्नुभयो ।

रुपन्देहीमा भौतिक पूर्वाधार मात्र नभई मानवीय विकासले पनि रुपन्देहीलाई पहिलो बनाउने उहाँको भनाइ थियो ।