१० मंसिर २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

ट्रम्पको घरमा छापा : फेला पर्यो परमाणु बमसँग सम्बन्धित शीर्ष गोप्य कागजातहरू



अ+ अ-

वासिंटन । अगस्टमा एफबीआईले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा छापा मारेको थियो। छापा मार्ने क्रममा एफबीआईले विदेशी सरकारको आणविक क्षमतालगायत सैन्य सुरक्षासम्बन्धी जानकारी भएको दस्तावेज फेला पारेको बताइएको छ ।

यस सम्बन्धमा द वासिंटन पोस्टमा एक रिपोर्ट प्रकाशित भएको छ । उक्त कागजात कुन सरकारको हो भन्ने खुल्न सकेको छैन ।

यससँगै यी कागजात कुन देशको हो र त्यो देशसँग अमेरिकासँग मैत्रीपूर्ण वा शत्रुतापूर्ण सम्बन्ध छ वा छैन भन्नेबारे केही पनि खुलाइएको छैन । ट्रम्प र न्याय विभागले तुरुन्तै यस विषयमा प्रतिक्रिया दिएका छैनन् ।

अगस्ट ८ मा एफबीआईले फ्लोरिडाको मार–ए–लागोमा छापा मारेको थियो, जसमा अदालतको रेकर्ड अनुसार ११,००० भन्दा बढी सरकारी कागजातहरू फेला परेका थिए। मिडिया रिपोर्टहरूका अनुसार जफत गरिएका धेरै कागजातहरू शीर्ष गोप्य अमेरिकी अपरेशनहरूसँग सम्बन्धित छन्, जसलाई शीर्ष गोप्य क्लियरेन्सको अतिरिक्त पनि क्लियरेन्स आवश्यक हुन्छ।

देशका लागि खतरा

वासिंटन पोस्टका अनुसार केही कागजातहरू यति गोप्य छन् कि बाइडेन प्रशासनका केही वरिष्ठ राष्ट्रिय सुरक्षा अधिकारीहरूलाई समेत हेर्न अनुमति छैन।

अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक एभरिल हेन्सले गत महिनाको अन्त्यमा मार–ए–लागो छापा मार्दा कब्जा गरिएका कागजातहरूको वर्गीकरणको समीक्षा गर्ने बताए।

यसका साथै गुप्तचर समुदायले यी कागजातहरूमार्फत राष्ट्रिय सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मूल्याङ्कन गर्ने उनले बताए ।

राष्ट्रपति पद छोड्दा साथमा लगेका थिए कागजातहरू

अमेरिकी न्याय विभागले ट्रम्पले सरकारी कागजातहरू आफूसँग लिएर ह्वाइट हाउस छोडेपछि फ्लोरिडामा राखेको विषयमा अनुसन्धान गरिरहेको छ।

ट्रम्प र उनका सहयोगीहरूले यी कागजातहरू मार्फत कुनै पनि गलत कामलाई अस्वीकार गरेका छन्।

ट्रम्पसँग सम्बद्ध व्यक्तिहरूले ट्रम्पले राष्ट्रपति हुँदा यी कागजातहरू सार्वजनिक गरेको दाबी गर्दै आएका छन्। सोमबार अदालतले रेकर्ड समीक्षा गर्न विशेष मास्टर नियुक्त गर्न ट्रम्पको अनुरोधलाई अनुमति दिएको छ। एजेन्सीको सहयोगमा