२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

हिमाली भेडा ‘नाउर’- फोटो फिचर



अ+ अ-

उच्च हिमाली क्षेत्रमा पाइने हिमाली भेडालाई नाउर भनिन्छ । समुद्री सतहबाट करिब तीन हजार मिटरको उचाइदेखि पाँच हजार मिटरभन्दा धेरै उचाइमा नाउर पाइन्छ ।

स्तनधारी जनावर नाउर नेपालका करिब सबै हिमाली जिल्लामा पाइन्छ । बथानमा बस्न मन पराउने यो जनावरको तौल करिब एक सय किलोभन्दा बढी हुन्छ ।

पाँच प्रजातिमा पाइने नाउरमध्ये नेपालमा मात्र पाइने हिमाली भेडा नाउर हो । नाउर जाडो समयमा बेँसीतिर झर्ने गर्छ । हिमरेखामा रमाउने हिमाली जङ्गली जनावर नाउर चिसो बढेसँगै बेँसी झर्ने गर्छन् । गर्मीयममा भने हिमालको काखमा बसोबास गर्ने यी जनावर जाडो छल्न बेँसी झर्छन् ।

नेपालको लाङटाङ, मकालु वरुण राष्ट्रिय निकुञ्ज, ढोरपाटन सिकार आरक्ष, मनाङ, मुस्ताङ र डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा यो जनावर पाइने गर्छ । ढोरपाटन सिकार आरक्ष नाउर सिकार गर्न पाइने प्रसिद्ध ठाउँ हो । यहाँ विदेशीहरू समेत नाउरको सिकार खेल्न आउने गर्छन् ।

यिनीहरुलाई हिउँ चितुवाको मुख्य आहारको रुपमा पनि चिनिन्छ ।

तस्बिर: नवीन लामिछाने / रासस