१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सडक गाईबाछाको उद्धारमा एम्बुलेन्स सेवा- फोटो फिचर



अ+ अ-

काठमाडौं । सडकमा अलपत्र परेका असहाय गाईबाछाहरुको उद्धार र उनीहरुको दिर्घकालिन सेवामा समर्पित असहाय गाईबाछा संरक्षण अभयानका लागि कागेश्वरी मनोहरा नगरपालिकाले उपहार स्वरुप पशु एम्बुलेन्स प्रदान गरेको छ ।

एक बिशेष समारोहबीच आज भदौ १७ गते कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की र गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले उक्त एम्बुलेन्सको उद्घाटन गर्दै त्यसको साँचो असहाय गाईबाछा संरक्षण अभियानलाई हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा संस्थाका संयोजक उत्तम पुडासैनीले अहिले अभियानको आश्रय स्थलमा २०० भन्दा ज्यादा गाईबाछा रहेको जानकारी गराउनु भएको थियो । उपत्यकालाई असहाय गाईबाछा मुक्त क्षेत्रका रुपमा अनुबाद गर्दै कृषकलाई जिम्मेवार बनाउन समेय यो अभियान सकृय रहेको त्यसबखत जानकारी दिईएको थियो ।

असहाय गाईबाछा संरक्षण संगै त्यसको मलमुत्र र स्थानीय स्तरबाट उत्सर्जन भएका फोहोरबाट कम्पोष्ट मल बनाउने तथा बिश्वब्यापी उष्णतालाई कमगर्न एकदिन एक बिरुवा अभियानलाई समेत प्रवद्र्धन गर्दै आएको सो अवसरमा जानकारी गराईएको थियो ।

संस्थाका उपसंयोजक नानीकाजी गिरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वडा अध्यक्षहरु हरिभक्त पुडासैनी, जयराम महत तथा पूर्व उपमेयर शान्ति नेपाल, आचार्य महेन्द्र भट्टराई, अभियन्ता कुमारराज सुबेदी, समाजसेवी दिपकसिं भण्डारी लगायतका बक्ताहरुले असहाय गाईबाछा संरक्षण अभियानले सामाजिक क्षेत्रमा गरेको योगदानको चर्चा गर्नुभएको थियो ।