१५ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दिसा गर्दा एक किलो सुन



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा एक किलोग्राम सुन नेपाल भित्रिदै गरेको अबस्थामा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट भारतीय नागरिक राहादानी नम्बर भी११२२८९० वाहक ३१ वर्षीय राहुल रेमानानलाई प्रहरीले पक्राउ गरेको हो ।

दुबईबाट काठमाडौं आएका राहुललाई शंका लागि प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा एक्स–रे गराउँदा पेटभित्र शंकास्पद वस्तु देखिएको थियो ।

राहुलको मलद्वारबाट अर्धठोस वस्तुको ४ वटा पोका (सुन) फेला परेको प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।