८ मंसिर २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भगवान् गौतम बुद्ध र सारसको कथा



अ+ अ-

भगवान् गौतम बुद्धको बाल्यकालको नाम सिद्धार्थ थियो । महाराज शुद्धोदनले उनका लागि एउटा भिन्नै ठूलो बगैँचा बनाइदिएका थिए । सोही बगैँचामा उनी एक दिन टहलिरहेका थिए ।

त्यसैबेला आकाशबाट एउटा सारस चिच्याउँदै भुइँमा खस्यो । राजकुमार सिद्धार्थले दौडेर त्यो पक्षीलाई समाए । कसैले सारसलाई बाणले हानेको थियो । त्यो बाण अझै पनि सारसको शरीरमा रोपिएको अवस्थामा थियो ।

राजकुमार सिद्धार्थले पक्षीको शरीरबाट बाण निकालिदिए । उनले बाण लाग्दा कस्तो हुन्छ भनेर त्यही बाण दाहिने हातले आफ्नो देब्रे हातमा घोचे । बाणले घोच्ने बित्तिकै राजकुमारको आँखाबाट आँसु आउन थाल्यो । उनलाई आफ्नो पीडाप्रति ध्यान थिएन । उनी त बिचरा पक्षीलाई कति पीडा भएको होला भन्ने सोचेर रोएका थिए ।

राजकुमार सिद्धार्थले सारसको घाउ पखालिदिए । त्यो घाउमा केही पातको रस निचोरेर काखमा राखेर प्रेमपूर्वक सुमसुम्याउँदै लगाइदिए । यतिकैमा अर्का कुमार देवदन्तको स्वर सुनियो, ‘मेरो सारस यहाँ खसेको छ कि ?’

कुमार देवदन्त राजकुमार सिद्धार्थका काकाका छोरा थिए । उनी अत्यन्त कठोर स्वभावका थिए । शिकार गर्दा उनलाई आनन्द आउँथ्यो । सारसलाई उनैले बाण प्रहार गरेका थिए । राजकुमार सिद्धार्थको काखमा सारसलाई देखर त्यहाँ दौडिँदै आएर देवदन्तले भने, ‘यो सारस त मेरो हो, मलाई देऊ ।’

सिद्धार्थले भने, ‘तिमीले यसलाई पालेका हौ ?’

देवदन्तले भने, ‘मैले यसलाई बाण प्रहार गरेको छु, त्यहाँ हेर त मेरो बाण त्यहीँ छ ।’

राजकुमार सिद्धार्थ, ‘तिमीले यसलाई बाण प्रहार गरेको ? बिचरा निरपराध पक्षीलाई तिमीले किन बाण प्रहार गर्यौ ? बाण लागेपछि अत्यन्त धेरै पीडा हुन्छ । यो मैले आफ्नो हातमा बाणले घोचेर थाहा भएको हो । म तिमीलाई यो सारस दिन्नँ । जब यो निको हुन्छ म यसलाई उडाइदिन्छु ।’

कमार देवदन्त त्यति सोझो र सरल थिएनन् । उनी सारसका लागि झगडा गर्न थाले । कुरा महाराज शुद्धोदनकहाँ पुग्यो । महाराजले दुवै भाइका कुरा सुने ।

उनले देवदन्तसँग सोधे, ‘तिमी यो सारसलाई मार्न सक्छौ ?’

देवदन्तले भने, ‘तपाइँ मलाई त्यो सारस दिनुस्, म अहिले नै त्यसलाई मारिदिन्छु ।’

महाराजले सोधे, ‘तिमी फेरि त्यसलाई जीवित बनाउन सक्छौ ?’

देवदन्तले भने, ‘मरेको प्राणी कतै फेरि जीवित हुन्छ र ?’

महाराजले भने, ‘जसले पशुपक्षीलाई मार्छ त्यसमा मार्नेको अधिकार हुन्छ भन्ने शिकारको नियम हो, त्यो ठीक छ । यदि सारस मरेको भए त्यसमा तिम्रो अधिकार हुन्थ्यो । तर मर्न लागेको प्राणीलाई जीवनदान जसले दिन्छ त्यो प्राणीमाथि उसकै अधिकार हुन्छ, मार्न खोज्नेको हुँदैन । सिद्धार्थले सारसलाई बचाए त्यसैले सारस सिद्धार्थको हो ।’

राजकुमार सिद्धार्थले घाइते सारसलाई लिएर गए । जब सारसको घाउ निको भयो उनले त्यसलाई उडाइदिए ।