१७ फाल्गुन २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बर्खामा पानी नपरेपछि देवतालाई मनाउन पुरानै संस्कार (फोटोफिचर)



अ+ अ-

देउखुरी ।  पश्चिम तराईका थारु समुदायले देवतालाई मनाउन पुरानै संस्कार अपनाउँदै आएका छन् ।

बर्खामा पानी नपरेपछि थारु समुदायका मानिसहरुले पुरुषहरुले महिलाको पोषाक लगाउने र महिलाहरुले पुरुषको पोषाक लगाएर गाईया बेहेर्न अर्थात गाई छेक्ने चलन छ । देवताहरुलाई मनाउन आफ्नो परम्परा अनुसार हरेक जातिहरुको संस्कार र पूजा गर्ने शैली फरक–फरक छन् । त्यस्तै पश्चिम तराईका थारु समुदायका मानिसहरुले पनि बर्खा लगाउनका लागि पानी नपरेपछि अनेक खालका पूजा गर्ने गरेका छन् ।

यो वर्ष असार महिनाभर पानी नपरेपछि थारु समुदायका मानिसहरुले पुर्खौंबाट चल्दै आएको गाईया बेहेर्ने अर्थात गाई छेक्ने चलन अपनाएका हुन् । महिलाहरुले पुरुषहरुको पोषाक लगाउने र पुरुषहरुले महिलाको पोषाक लगाएर आफ्नो छिमेकी गाँउमा गइ गोरु,भैँसी बन्दक बनाएर ल्याउने र त्यस गाँउका मानिसहरुले आफ्नो बन्दक बनेका गोरु,भैँसी छुटाउन आएपछि आफ्नो मौलिक भाषामा गीत गाएर छुटाउने परम्परा रहेको बैजनाथ गाँउपालिका ६ पेडारीका सुनिता थारुले बताउनु भयो । उहाँले पानी नपरेका कारण यस्तो पुरानो संस्कृति र प्रचलन अपनाइएको बताउनु भयो ।

पहिलाको समयमा धानको बीउ छर्ने बित्तिकै गाईया बेहेर्ने अर्थात गाई छेक्ने परम्परा शुरु हुन्थ्यो । तर अहिलेको समयमा अन्तिम विकल्प नभएपछि यो परम्परागत प्रचलनमा इन्द्र देवलाई पूजा गर्ने गरेको राप्ती सोनारी गाँउपालिका ४ फत्तेुिरका फट्टु थारुले बताउनु भयो । उहाँले आफ्नो थारु संस्कृति अनुसार गीति गाएर पूजा गर्ने प्रचलनका बारेमा गीतमा नै जानकारी दिनुभयो । महिलाले पुरुको पोषाक र पुरुषले महिलाको पोषाक लगाउँदा इन्द्रदेव प्रशन्न भएको बैजनाथ गाँउपालिका ६ पेडारीका मइती थारुले पनि आफ्ना गीतमा नै समेट्नुभयो ।

यो परम्परा थारु समुदायमा पुस्तौंदेखि चल्दै आएको छ । यसलाई अहिले अन्धविश्वास भन्ने गरिएपनि थारु समुदाय भने पूजा गरेपछि मात्र पानी पर्ने गरेको र उत्पादन पनि राम्रो हुने गरेको विश्वास राख्छन् ।