९ मंसिर २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

साहित्यकार बालकृष्ण समको जन्मघर (समर निकुञ्ज) पुनर्निर्माणको कथा



अ+ अ-

केही घर यस्ता हुन्छन् जो घर मात्र हुँदैन । केही परिवार यस्ता हुन्छन् जो परिवारका लागि मात्रै हुँदैनन् । १०४ वर्ष साशन चलाएको एक परिवारको पुस्ता र सो पुस्ता बसोबास गर्दै आएको एक घर अर्थात डिलाइट सिंहको घर । जुन घर हिजोआज पुनर्निर्माण हुँदैछ । गोर्खा भूकम्पले क्षति पु¥याए पछि पुनर्निर्माण हुँदै गरेको सो घरको कथा पुनर्निर्माणमा मात्र सिमित छैन ।

काठमाडौं ज्ञानेश्वरमा रहेको यो दरबार जस्तै देखिने विशाल भवन

तर, सुनसान छ, जीर्ण छ । भवनको आधाआधि संरचना ढल्ने अवस्थामा पुगेको छ, भित्ताहरु खुइलिएका छन् । करिब एक सय पचास हिउँद र बर्खा भोगेको यो भवन आज घाम र पानी छेक्न नसक्ने अवश्थामा छ । घामपानी छेक्न प्लास्टिकको साहारा लिनु ।

ओहो ! बंगला भित्र छिर्ने मुख्य प्रवेशद्वार कति ठूलो ! हात्ति समेत छिर्न सक्दो रहेछ । कति फराकिला भुइँतला । कति बाक्लाबाक्ला गारोहरु । तर, चिरिक्क चर्किएर बसेको, लेऊ लागेर हरिया बनेका अनि आफै उभिन नसक्ने जस्ता, टेको लगाएर अड्याइएका ।

विसं १९९० सालको महाभूकम्प र २०७२ सालको विनासकारी गोर्खा भूकम्प समेत थेगेको यो विशाल भवन (समर निकुञ्ज) बालकृष्ण शमशेर राणा अर्थात नाट्य सम्राट बालकृष्ण सम जन्मिएको घर ।

बालकृष्ण सम जन्मिएको यो घरको केही भागमा अहिले उहाँकी भान्जी डिलाइट सिंह बस्नुहुन्छ । दुई वर्ष अघि मुमा उषाकिरण सिंहको निधन भएपछि एक्ली बन्नु भएकी डिलाइट सिंहले यो दरबार जत्रो घरलाई सकेको हेरचाह र रेखदेख गर्नुभयो ।

७१ वर्ष पार गरिसक्नु भएकी उहाँमा जब घरको स्याहार गर्न सक्ने आँट हराउन थाल्यो । यो ऐतिहासिक घर झन्झन् कमजोर, झन्झन् मक्किदै जान थालेको सिनियर साइट सुपरभाइजर सुशील राजभण्डारी र कन्जरभेशन आर्किटेक डा. रोहित रन्जितकारले जानकारी दिनुभयो ।

विशेषतै विशेषताले भरिएको यो घरको भित्री स्वरुप हेर्दा आज पनि उही राणाकालिन समयको झल्को आउँछ । तर, त्यसलाई स्याहार र संरक्षण गर्नै नसक्ने भएपछि डिलाइट सिंहलाई चिन्ता लाग्न थाल्यो कि आफ्नो शेषपछि यो घरको हालत के होला ? घरसँग जोडिएका आफ्ना पुर्खाहरुको पहिचान के होला ?

डिलाइट सिंहले सोचेकै जस्तो काम गर्ने अनि खोजेकै जस्तो संस्था फेला प¥यो काठमाडौं विश्वविद्यालय अर्थात केयू । जसले यस अघि त्रिपुरेश्वरस्थित ललित त्रिपुरा सुन्दरी मन्दिर र त्यस आसपासका सम्पदाहरुको संरक्षण गरी उदाहरण प्रस्तुत गर्दैछ ।

अब यो सबै चलअचल सम्पत्ति बालकृष्ण समकी भान्जीसमेत संलग्न रहनु भएको काठमाडौं विश्वविद्यालय अन्तर्गत स्थापना गरिएको ‘बालकृष्ण सम शैक्षिक गुठी’ मार्फत उपभोग र सञ्चालन हुनेछ । जसले यो खण्डहर बन्दै गएको संरचनाको संरक्षण, विकास र प्रवद्र्धन गर्ने काठमाडौं विश्वविद्यालय संगीत विभाग प्रमुख डा. लोचन रिजालले जानकारी दिनुभयो ।

खण्डहर बन्दै गएको यो समर निकुञ्जले अब स्वरुप फेर्दैछ ।

तीन रोपनी क्षेत्रफलमा फैलिएको यो घरपरिवेश अब ज्ञान हाँसिल गर्ने थलो बन्दैछ । समर शमशेर राणा, बालकृष्ण सम, उषाकिरण सिंह जस्ता व्यक्तिहरुको पहिचान घरबाट नै मेटिन लागिसकेको अवस्थामा अब यो घरले समको विरासतलाई पुनः जगाउँदैछ । कला, साहित्य, गीत, संगीत, नाटक, सँस्कृति, सम्पदा आदि विषयमा मास्टर्स डिग्री, पीएचडी र अनुसन्धान गर्नेहरुको थलो बन्नेछ ।

समर निकुञ्ज नाम दिइएको यो भवनमा समर शमशेर राणाले कुन ठाउँ के कामका लागि प्रयोग गथ्र्यो त ? अनि, अब काठमाडौं विश्व विद्यालयले स्वामित्व ग्रहण गरेसँगै ती ठाउँहरु के कस्ता कामका लागि प्रयोगमा आउनेछन् त ?

प्राविधिक हिसाबले अब यो घरलाई बलियो बनाउन आवश्यक छ ।

संरचना बलियो बनाउनका लागि भएको संरचना कुन अवस्थामा थियो र पछि कस्ताकस्ता प्रविधिको प्रयोग गरिन्छ भन्नेले ठूलो अर्थ राख्छ । यो घरसँग जोडिएको एउटा लुकेको तथ्य छ ।

तत्कालिन अवस्थामा बालकृष्ण समको अंशमा परेको यो घरको पूर्वी तर्फको भाग बालकृष्ण समले आफ्नो सन्तान नभएपछि काम गर्नेको सन्तानलाई उपलब्ध गराए । घरको पूर्वी भागमा आफू अनुकूल संरचना बनाउनका लागि केही भत्काउने र केही भागमा कंक्रिटका निर्माण सामग्री प्रयोग गरि बनाउन थाले । त्यसपछि झनै यो कमजोर बन्दैगयो । यस्तै अवस्थामा रहँदारहँदा यो घर अब पुनर्निर्माण हुँदैछ ।

हो, राणाकालिन समयमा समर निकुञ्ज जस्तो देखिन्थ्यो, अब पुनः त्यस्तै बन्दैछ । बाहिरबाट हेर्दा मात्रै त्यस्तो; अझ भित्री संरचना बढी बलियो बन्नेछ । जसले समर निकुञ्ज भित्र अध्ययन/अनुसन्धानका लागि आएका सबै अतिथिहरुलाई सुरक्षित पनि राख्नेछ ।

जीर्ण अवस्थामा आफ्नो पहिचान र अस्तीत्व नै गुमाउने गरि रहिरहेको भवन कला, साहित्य, गीत, संगीत, नाटक, सँस्कृति, सम्पदा जस्ता विषयमा मास्टर्स डिग्री, पीएचडी र अनुसन्धान गर्नेहरुका लागि उपयुक्त थलो बन्दै गरेको खबरले सर्जकहरु कति खुशी होलान् ?

अल थ्री मिडियाको सहयोगमा