११ मंसिर २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सरकारलाई सभामुखको रुलिङ



अ+ अ-

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाउनुभएको विषयमा उचित जवाफ दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटकपटक सांसदहरुले आपत्ति जनाउनुभएको थियो । आजको बैठकमा पनि शून्य समयमा सांसदहरुले मुलुकको समसामयिक एवम् राजनीतिक विषयका अलावा, पाठ्यपुस्तक र रासायनिक मल, विपद्का विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

सभामुखले सम्बन्धित मन्त्रीलाई सांसदले उठाएको जिज्ञासाको उचित जवाफ दिन सरकारलाई रुलिङ गर्नुभयो ।