२८ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

जसपाले मन्त्री हेरफेर गर्दै, नयाँ मन्त्रीको सूची प्रधानमन्त्रीलाई बुझाइयो



अ+ अ-

२० असार, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले संघीय सरकारमा रहेका आफ्ना तीन जना मन्त्रीलाई फिर्ता गरेर नयाँलाई पठाउने भएको छ । पार्टीले भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव, कृषिमन्त्री महिन्द्रराय यादव र वनमन्त्री रामसहाय यादवलाई सरकारबाट फिर्ता बोलाउने भएको हो ।

आइतबार राति नै पार्टीले नयाँ तीन जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरेको बताइएको छ । नयाँ बन्ने मन्त्रीहरुमा मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंहको नाम सिफारिस गरिएको छ ।

स्रोतका अनुसार राई भौतिक पूर्वाधार, यादव वन र सिंह कृषिमन्त्री बन्नुहुनेछ । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्नुभएका राजेन्द्र श्रेष्ठलाई भने जसपाले परिवर्तन नगर्ने भएको छ । पार्टी फुट हुनबाट जोगाउन मन्त्री हेरफेर गर्न लागेको बताइएको छ ।

यसैबीच पार्टीबाट मन्त्री भएका कार्यकारिणी सदस्य महिन्द्रराय यादवले सरकारबाट मन्त्री फिर्ता बोलाएको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताएका छन् ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रहेका नेता यादवले यस विषयमा पार्टीमा छलफल भएपछि थप कुरा बताउने बताए । उनलाई जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई निकट मानिन्छ।