२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

धर्म परिवर्तनको डढेलो समयमै निभाऔँ: कमल थापा



अ+ अ-

सुर्खेत । राप्रपा नेपालका अध्यक्षले कमल थापाले मुलुकमा धर्म परिवर्तन व्यापकरुपमा भइरहेको भन्दै यसलाई समयमै निभाउनुपर्ने बताउनुभएको छ ।

सुर्खेतस्थित वीरेन्द्रनगरमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै उहाँले विश्वमा सबैभन्दा धेरै धर्म परिवर्तन नेपालमा भएको बताउनुभयो । धर्म परिवर्तनको डढेलो हिन्दू राष्ट्रमा परेकोले हिन्दू राष्ट्रको दियो निभ्न दिन नहुने उहाँको भनाइ थियो ।

धर्म परिवर्तन गर्ने लहर अहिले बढिरहेको चर्चा गर्दै अध्यक्ष थापाले करोडौँ लगानी गरेर लाखौँलाई धर्म परिवर्तन गर्न बाध्य बनाइँदा पनि सरकारले यसतर्फ ध्यान नदिएकामा रोष प्रकट गर्नुभयो । धर्म परिवर्तनले देशलाई संकटतर्फ धकेल्दै गइरहेको भन्दै उहाँले सरकारसमक्ष यसलाई समयमै रोक्न आग्रह गर्नुभयो ।

अध्यक्ष थापाले अब राजतन्त्र पुनस्र्थापना हुन नसक्ने तर्क दिनुभयो । राजतन्त्र पुनस्र्थापना हुन नसक्ने भएर नै आफ्नो पार्टी जनभावनाको सम्मान गर्दै लोकतन्त्रको बाटोमा हिँडेको उहाँको भनाइ थियो ।

उहाँले वर्तमान संघीयताको स्वरुप ठिक नभएको भन्दै परिवर्तन गर्नुपर्ने बताउनुभयो ।  उहाँले संघीयताको वर्तमान अवस्था सही नभएको उल्लेख गर्दै स्थानीय तहलाई बलियो बनाउन संघीयतालाई खारेज गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश संरचनाको कुनै औचित्य नभएको उहाँको भनाइ थियो ।