२२ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

साताको पहिलो दिन नेप्से परिसूचक २३.८५ अंकले गिरावट



अ+ अ-

काठमाडौं । साताको पहिलो दिन आईतवार ९४.९२ अंकले बढेको नेप्से परिसूचक सोमवार गिरावट आएको छ ।

लामो समय ओरालो लागिरहेको नेप्से आईतवार एक्कासी उच्च अंकले बढेको थियो । तर सोमवार नेप्से परिसूचक २३.८५ अंक घटेर १९३३.१३ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ७.०२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६४ अंकले घटेको छ ।

सोमवार कारोवारमा आएका २२९ कम्पनीको ५६ लाख ४१ हजार कित्ता शेयर २ अर्ब ४ करोड ४८ लाख ३१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आइतबारको तुलनामा नेप्सेसँगै कारोवार रकम समेत गिरावट आएको छ । आईतवार २ अर्ब १९ करोड ६१ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये दूई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.५१ प्रतिशत घटेको छ ।

नेप्से परिसूचक गिरावट आए पनि सोमवार दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सिवाईसी लघुवित्त र न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यता उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य १० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा १५ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ । हिमालयन डिष्टिलरीको ९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।