२१ माघ २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रतिपक्षको प्रश्न: अर्थमन्त्री कुन नैतिकताले पदमा बस्नु भएको छ ?



अ+ अ-

काठमाडौं ।नेकपा(एमाले)का सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मामाथि गम्भिर प्रश्न उठेको भन्दै उहाँको राजीनामा माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय माग गरी बोल्दै सांसद पाण्डेले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिहरुसँगको साँठगाँठमा करको दर हेरफेर गरेको आरोप लागेकाले नैतिक रुपमा पदमा बस्न नमिल्ने बताउनुभयो ।

उहाँले गोपनियताको विषयलाई बाहिर सार्वजनिक गर्नु गम्भिर अपराध भएको भन्दै अर्थमन्त्री शर्मा माथि छानविन हुनुपर्ने बताउनुभयो । सांसद पाण्डेले यस विषयमा संसदले पनि कदम चाल्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘यति गम्भिर प्रश्न उठेपछि नैतिक रुपले अर्थमन्त्री त्यो पदमा बस्नको लागि सक्षम हुनुहुन्छ ? लायक हुनुहुन्छ ? यसको जवाफ संसदलाई चाहिन्छ । म प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराउन चाहान्छु, यति गम्भिर प्रश्नमा प्रधानमन्त्रीले यसको जवाफदेही लिनु पर्छ कि पर्दैन ? यो केवल अर्थमन्त्रीको मात्रै विषय हो कि के हो ? यसको जानकारी संसदलाई चाहिन्छ ।

नेकपा(एमाले)को तर्फबाट यो कुरालाई हामी गम्भिरतापूर्वक उठाएका छौँ । यसले देशमा खासगरी करको विषय ज्यादै गोपनीय विषय हो र राष्ट्रिय सुरक्षा जस्तै विषय हो । यस्ता गोपनीयताहरु बाहिर सार्वजनिक गर्ने र गोपनीयताहरुमा अझ साँठगाँठ र मिलेमतो गर्नेजस्ता कुराहरु गम्भिर अपराध मानिन्छन् । त्यसबारेमा छानविन हुनुपर्दछ । र संसदले यसबारेमा कदम चाल्नुपर्दछ । यसको जवाफ हामी चाहान्छौँ । मन्त्रीले नैतिक हिसाबले त्यो जिम्मेवारीमा बस्न मिल्दैन भन्ने मलाई लाग्दछ । हाम्रो दलको तर्फबाट पनि हामी त्यो कुरा भन्न चाहान्छौँ ।’

सांसद पाण्डेले यस प्रकरणको सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि ध्यानाकर्षण गराउनुभयो । उहाँले यस विषयमा प्रधानमन्त्री देउवाले जवाफदेहिता लिनुपर्ने भन्दै संसदलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो ।