२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

त्रिभुवन विमानस्थलको सफाइ व्यवस्थापनको ठेक्का प्रस्ताव नखोल्न सर्वोच्चको अन्तरिम आदेश



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सफाइ व्यवस्थापनको ठेक्कासम्बन्धी प्रस्ताव नखोल्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

विमानस्थलको सफाइ तथा फोहोर व्यवस्थापनको ठेक्काका लागि विमानस्थल कार्यालयले १३ वैशाखमा प्रस्ताव खोलेको थियो । सो प्रस्तावविरुद्ध अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले २६ जेठमा आह्वान गरेको बोलपत्रको प्रस्ताव नखोल्न र यथास्थितिमा राख्न आदेश दिएको छ ।

यस्तै, सर्वोच्चले अनमोल फ्यासिलिटी क्लिनर्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई विपक्षी बनाएर दिएको रिटमा १५ दिनभित्रै लिखित जवाफ पेश गर्न पनि आदेश दिएको छ ।

विमानस्थल कार्यालयले नेपाली निर्माण व्यवसायीलाई रोक्ने गरी विमानस्थल सफाइ तथा फोहोर व्यवस्थापनको प्रस्ताव आह्वान गरेको थियो ।

सो ठेक्काको लागि प्रस्ताव पेश गर्ने अन्तिम मिति यही ३१ जेठसम्मलाई तोकिएको छ । अदालतले सोही मितिमा विपक्षीलाई छलफलमा उपस्थित हुन आदेश समेत दिएको छ ।