२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आफ्नो अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो



अ+ अ-

काठमाडौँ । आईसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले जित हासिल गरेको छ ।

मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा आज भएको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५ रनले पराजित गरेको हो । यस खेलसँगै नेपालको विश्वकप खेल्ने सपना सकिएको छ ।

नेपालले छनोटमा ६ अङ्क जोड्दै तेस्रो स्थानमा रह्यो । नेपालले ५ खेलमा ३ जित र २ हार व्यहोरेको थियो । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा संयुक्त अरब इमिरेट्सँग (युएई) १० विकेटले पराजित भएको थियो ।

त्यस्तै तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो भने चौथो खेलमा नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको थियो । यस हारसँगै मलेसिया ५ खेलमा ४ अङ्क जोडेर चौथो स्थानमा रह्यो । छनोटमा युएई ८ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । थाइल्याण्ड ८ अङ्क जोडेर दोस्रो स्थानमा छ । आज हुने थाइल्याण्ड र युएईबीचको खेलले विश्वकपमा पुग्ने टोलीको निर्धारण गर्नेछ ।

आजको खेलमा नेपालले दिएको ८७ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६१ रनमा समेटियो । मलेसियाको लागि एल्सा हन्टरले सर्वाधिक २८ रन जोडिन् । त्यसबाहेक अन्य ब्याटरले उत्कृष्ट खेल प्रदर्शन गर्न सकेनन् । नेपालकी कप्तान कृतिका मरासिनीले दुई विकेट लिइन् भने मनिषाकुमारी उपाध्यायले एक विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८६ रनको योगफल बनाएको थियो । नेपालका लागि अञ्जली विश्वकर्माले सर्वाधिक ३३ रनको योगदान दिइन् भने आश्मा पुलामी मगरले २६ रन जोडिन् । त्यसैगरी सृष्टि जैशी, सानु राजवंशी र अनु कठायतले समान तीन/तीन रन जोड्दा कृतिका मरासिनीले एक रन जोडिन् । मलेसियाकी नुर सामेदले दुई विकेट लिइन् ।

छनोटमा नेपालसहित, मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले आगामी वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने यू–१९ को विश्वकप खेल्नेछ ।