२१ माघ २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

राष्ट्रपतिद्वारा नेपाली खाद्य उत्पादन प्रबर्द्धनमा जुट्न सम्बद्ध सबैमा आह्वान



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली मौलिक खाद्य उत्पादन र संस्कृतिको प्रबर्द्धनमा जुट्न सम्बद्ध सबै पक्षसँग आह्वान गर्नुभएको छ ।

विश्व मानव समुदायलाई खाद्य चुनौती बढ्दै गएकोतर्फ चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले स्थानीय उत्पादन वृद्धि गर्ने र त्यसको आधुनिक प्रशोधन र प्रयोगमार्फत खाद्य जोखिम कम गर्न सबै पक्षको उत्तिकै जिम्मेवारी रहने बताउनुभएको हो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज नेपाली मौलिक पाककलाको क्षेत्रमा आबद्ध अभियानकर्मी, शैक्षिक सङ्घ संस्थाका प्रतिनिधि, खाद्य विशेषज्ञ र सेफ प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले सरकारले नेपाली मौलिक परिकारको स्थानीय तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनलाई विशेष प्राथमिकतामा राखेको औँल्याउनुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले अहिले युवामा देखिएको पश्चिमा खानपानको संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै नेपाली मौलिक खाद्य पदार्थलाई परिमार्जन र परिष्कृत ढङ्गले प्रयोग गर्न र पस्कने सके त्यसको बजारीकरणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति निवासको आफ्नो भान्सामा समेत विशेषगरी नेपाली मौलिक परिकारनै पाक्ने गरेको भन्दै उहाँले आफू गाउँमा रहँदा किनेमा, कागुनो तथा ताप्लेजुङका खोलानालामा पाइने तितो स्वाद भएका माछा खाएको स्मरण सुनाउनुभयो ।

सरकारले विद्यालयमा बालबालिका लक्षित दिवा खाजाको व्यवस्था गरेको र त्यसमा नेपाली मौलिक उत्पादनलाई भान्सामा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । त्यसमा पनि मैदाबाट बन्ने पिज्जाको सट्टा कोदोको पिठो प्रयोग र मकैका विविध परिकार, दूधका परिकार समावेश गर्न सकिने उहाँले बताउनुभयो ।

नेपालीको चिनारीलाई विश्वमाझ परिचित गर्न नेपाली मौलिक खानाको अहिले विशेष भूमिका रहेको चर्चा गर्दै राष्ट्रपति भण्डारीले यस अभियानमा निरन्तर लागि परेका सम्बद्ध सबै पक्षलाई धन्यवाद र आभार प्रकट गनुभयो ।

त्यस अवसरमा नेपाल भ्रमणमा रहनुभएका भारतको सिक्किम युनिर्भसिटीका प्राध्यापक ज्योतिप्रकाश तामाङले नेपालको हिमालय क्षेत्रमा पाइने हब्र्स र स्पाइसेस वैज्ञानिकरूपमै औषधि जतिकै महत्वपूर्ण रहेको र सरकारले विज्ञहरु सामेल गरी विशेष योजनाबनाएर अन्तर्राष्ट्रिकरण गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा होटल एशोसिएशन अफ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले नेपालीको बसोबास रहेका विश्वका ९० भन्दा बढी देशमा मौलिक खानापानलाई प्रवद्र्धन र प्रचार गर्न आफूहरुले नेप्लीज सेफ र होटल व्यवसायीसँग दिगो योजना बनाएर अघि बढ्ने लक्ष्यका साथ छलफल गरिरहेको बताउनुभयो ।

नेपाली मौलिक पाककलाको खोजी, अनुसन्धान र प्रवद्र्धनमा काम गर्दै आएको शैक्षिक संस्था आइएचएम कलेजका सिइओ सुराच प्रसाईंले नेपाली खाद्य उत्पादन, मौलिक परिकार र पाककला संस्कृतिमा नेपाली सेफको विशेष भूमिका रहेको औँल्याउँदै आइएमविथ सेफमार्फत त्यस कार्यलाई निरन्तर जोड दिइँदै आएको बताउनुभयो ।

बिहीबार काठमाडौँमा आयोजना हुन गइरहेको नेपाली मौलिक परिकार ८४ व्यञ्जनको पूर्वसन्ध्यामा सोबारे राष्ट्रपतिलाई अवगत गराउन पुगेको प्रतिनिधिमण्डलले उहाँलाई गुन्द्रुक र जिम्बु उपहारस्वरूप हस्तान्तरण गरेको थियो ।

त्यस अवसरमा ८४ व्यञ्जन र १०१ दिने नेपाली खाना खोजी अभियानकर्मी सेफ प्रेमलाल घिसिङले नेपाल भ्रमणमा आउने विदेशी राष्ट्र प्रमुख, सरकार प्रमुख तथा विशिष्ट पाहुनालाई नेपाली ८४ व्यञ्जन तथा नेपाली मौलिक परिकारले स्वागत गर्नुपर्ने र सरकारले समेत त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो । रासस