१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एसियन कप छनोटः नेपालले जोर्डनविरुद्ध खेल्दै



अ+ अ-

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज (बुधबार) राति जोर्डनको सामना गर्दैछ । कुवेतको जाबिर अल अहमद मैदानमा नेपाल र जोर्डनबीचको खेल नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ ।

नियमित कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बिना कुवेत पुगेको नेपाली टोलीलाई बलियो प्रतिद्वन्द्वी जोर्डनविरुद्धको खेल चुनौतिपूर्ण हुनेछ ।

प्रि म्याच कन्फरेन्समा नेपालका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताईरीले जोर्डनविरुद्ध दबाब रहित खेल्ने बताएका छन् । किरणको अनुपस्थितिम्मा कप्तानीको जिम्मेवारी नवयुग श्रेष्ठलाई दिइएको छ । श्रेष्ठले आफ्नो उत्कृष्ट प्रदर्शन दिने र सबै कुरा प्रदर्शनमा निर्भर रहने बताएका छन् ।

जोर्डन फिफा वरियताको ९१ औं स्थानमा रहको छ भने नेपाल १६८ औं स्थानमा छ । यस्तै, नेपाली टिममा युवा खेलाडीहरुको बाहुल्यता रहेकाले प्रशिक्षक अबदुल्लाह अलमुताइरीको जोर्डनबिरुद्धको खेल अग्नि परीक्षाको रुपमा हेरिएको छ । नेपाल र जोर्डनबीच हालसम्म ४ पटक प्रतिष्पर्धा भएको छ । तर, नेपालको नतिजा सुखद छैन । नेपालले जोर्डनबिरुद्ध तीन खेल गुमाएको छ । एक खेलभने बराबरी खेलेको छ ।

विश्वकप छनोट अन्तर्गत नै नेपालले सन् २०११ को जुलाईमा जोर्डनसँग खेलेको थियो । जुलाई २३ मा जोर्डनको मैदानमा भएको खेलमा नेपाल ९–० ले पराजित भएको थियो । तर, २०११ को जुलाई २८ मा नेपालमा भएको खेलमा नेपालले जोर्डनलाई १–१ गोलको बराबरीमा रोकेको थियो । यही खेल नै चार भेट मध्येको सुखद नजिता हो ।

नेपालले जोर्डनसँग २०१९ को अक्टोबरमा खेलेको थियो । विश्वकप छनोट अन्तर्गत नै नेपालले जोर्डनसँग उसैको मैदानमा खेलेको थियो । उक्त खेलमा नेपाल ३–० ले पराजित भएको थियो । पछिल्लो पटक नेपालले जोर्डनसँग फिफा विश्वकप छनोट तथा एशियन कप छनोटको दोस्रो चरणमा प्रतिष्पर्धा गरेको थियो । गत वर्षको जेठमा कुवेतमा नै भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

कुवेत जानु अघि नेपालले कतारको दोहामा १० दिनको तयारी गरेको थियो । जहाँ नेपाली टोलीले ३ मैत्रीपूर्ण खेल समेत खेलेको थियो ।छनोटको समूह ‘ए’ मा नेपाल, जोर्डन, कुवेत र इन्डोनेसिया रहेका छन् । नेपालले जेठ २८ गरे घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।

समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ भने उत्कृष्ट हुने दोस्रो टोलीले पनि एसियन कपमा स्थान बनाउनेछ ।